बाँकेमा छाडा चौपाया व्यवस्थापन चुनौतीपूर्ण

यदुराज मिश्र १९ श्रावण २०७९, बिहीबार १४:४५
 

नेपालगञ्ज : बाँकेमा छाडा चौपाया व्यवस्थापन ठुलो चुनौतीका रूपमा देखिएको छ । स्थानीयले आफ्ना गाईगोरू छोड्दै जाने र भारतबाट नेपालगञ्ज भित्रिएका छाडा चौपायका कारण समस्या विकराल बन्दै गएको हो । कतिपय स्थानीय तहले छाडाचौपाया नियमन गर्न कार्यविधि लागू गरेपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

बाँकेका ८ वटै पालिकामा छाडा चौपायाको आतंक नै छ । विकराल समस्याका रूपमा रहेको छाडा चौपायाको समस्या समाधान गर्ने प्रतिबद्धता गरेका नवनिर्वाचित जनप्रतिनिधिका लागि यो विषय अहिले टाउको दुखाई बनेको छ । नेपालगञ्ज उपमहानगरले छाडा चौपाया व्यवस्थापन गर्ने बताएपनि उचित व्यवस्थापन नहुँदा समस्या भइरहेको स्थानीयको गुनासो छ ।

छाडा पशुचौपाया व्यवस्थापनमा उपमहानगरले बजेट विनियोजन गरेको भएपनि चालु आर्थिक वर्ष शुरु भएको धेरै समय नभएकाले कार्यान्वयन गर्न नीतिगत समस्या देखिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । पशु चौपाया व्यवस्थापनका लागि नीतिसहितको कार्यक्रम उपमहानगरसँग भएकाले छिट्टै कार्यान्वयनमा आउने उपमहानगरको भनाई छ ।


जिल्लाका अधिकांश स्थानीय तहले आफ्नो वार्षिक बजेटबाट छाडा चौपाया व्यवस्थापनका लागि अहिलेसम्म धेरै रकम खर्च गरिसकेका छन् । तर समस्या भने यथावत छ ।

नेपालगञ्जका बजार तथा मुख्य सडकहरूमा जताततै छाडा चौपायाको बथान देखिन्छ । छाडा पशुचौपायाका कारण किसानको बालिनाली नोक्सानीसँगै सवारी दुर्घटना समेत भइरहेको छ । छाडा चौपायाको नियमन कहिँकतैबाट नभएपछि सडक दुर्घटनाक्रम बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा छड्के गर्दा ३२ कर्मचारी गयल

१९ श्रावण २०७९, बिहीबार १४:४५
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकामा कार्यरत कर्मचारीहरु एकसाथ ठुलो सङ्ख्यामा अनुपस्थित भएको पाइएको छ । अनुपस्थित रहने कर्मचारीहरुमा शाखा प्रमुखको जिम्मेवारीमा रहेका अधिकृतस्तरका कर्मचारी धेरै पाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्धिन राई र निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाले बिहीवार उप–महानगरपालिका कार्यालयमा कर्मचारीहरुको हाजिरी छड्के अनूगमन गर्दा […]