नक्कली सर्टिफीकेट र परिक्षार्थी खडा गरी नेपाली सेनामा भर्ना गराउने गिरोह पक्राउ

११ बैशाख २०७५, मंगलवार १५:४८
 

सदरलाइनडटकम  
११ बैशाख, कोहलपुर (बाँके) : ईलाका प्रहरी कार्यालय कोहलपुरले नक्कली सर्टिफिकेट बनाई नेपाली सेनामा भर्ना गर्ने गिरोहका तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले सुर्खेतका एक व्यक्तिलाई नेपाली सेनाको सैनिक जवानमा भर्ती गर्नको लागि आवश्यक नक्कली सर्टिफिकेट, फिजिकल, दौड, बेरिङ्ग चेक, मेडिकल र लोकसेवाको जाँच दिनेसम्म पैसा लिएर सरकारी छापटाप कृर्ते गरेको अभियोगमा बाँके बैजानाथ गाउँपालिका वडा नं.१ बस्ने टिकाराम बस्नेत, सोही ठाउँ बस्ने बसन्त बिक र राजेश यादबलाई नियन्त्रणमा लिएर अनुसंन्धान अघि बढाएको हो ।
ईलाका प्रहरी कार्यालयका अनुसंधान अधिकृत तथा प्रहरी निरिक्षक निरञ्जन घिमिरेले नेपाली सेनामा भर्ना भएका ती व्यक्तिले सैन्य तालिमको क्रममा छनौट परिक्षामा गरेको उपलब्धीको विपरित काम गरेपछि आन्तरिक अनसंन्धानको लागि गरेको आग्रह अनुसार छानविन गर्दा अनसंधानको लागि बस्नेत, विक र यादवलाई नियन्त्रणमा लिएको जानकारी दिए ।
प्रहरी निरिक्षक घिमिरेका अनुसार बस्नेतले सबै प्रबन्ध मिलाउने गरेको र उनकै घरबाट नेपाली सेनाको लोगो भएको छाप तथा अन्य सामाग्री फेला परेको र बिभिन्न चरणमा गरि २ लाख बढी रुपैया लिएको पाईएको छ ।
यसैगरी विकलाई मेडिकल चेकअप गर्नको लागि प्रयोग गरेको र यादवले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न रहेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । विकले मेडिकल जाँच गराए वापत १० हजार र यादवले सर्टिफिकेट बनाईदिए बापत साढे १७ हजार बस्नेतबाट लिएको अनुसंधानमा खुल्न आएको छ । यादव सुर्यादय मावि चिसापानीका शिक्षक हुन ।

Next Post

रिगल ढकाललाई सर्वस्व सहित जन्मकैद

११ बैशाख २०७५, मंगलवार १५:४८
सदरलाइनडटकम ११ बैशाख, नेपालगन्ज : चेतन मानन्धर हत्याकाण्डमा जिल्ला अदालत बाँकेद्धारा रिगल ढकाल भनिने योग ढकाल सर्वस्व सहित जन्मकैदको फैसला सुनाएको छ । बिस्तृत केही बेरमा ।