सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले खरीद गरेको नगर बस बुधवारदेखि सञ्चालनमा आएका छन् । नेपालगञ्ज–कोहलपुर सडक खण्डमा बुधवार परीक्षणका लागि बस गुडाइएको हो ।
मुख्यमन्त्री शंकर पोख्रेलले असोज १८ गते नगर बसको सेवा शुभारम्भ गर्ने कार्यक्रम रहेको मेयर डा. धवल शम्शेर राणाले जानकारी दिए । गत असारमै बस खरीद गरिएपनि रुट परमिटलगायतको तयारीका कारण सञ्चालनमा ढिलाई भएको हो ।
बसमा महिलाहरुलाई सहचालकको रुपमा राखिएको छ । तीन करोड ४५ लाख रुपैयाँमा खरीद गरिएको सात वटा बस महिला लक्षित कार्यक्रमअन्तर्गत सञ्चालन गर्न लागिएको हो ।
