लायन्स क्लवको सक्रियतामा रक्तदान

२४ श्रावण २०७५, बिहीबार १८:१२
 

काठमाडौ : नेपाल लायन्स दिवस (९ अगस्त) को अवसरमा बिहिवार उपत्यकाका ६ बटा लायन्स क्लवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स क्लव अफ भ्याली सेन्टेनियल, जनभावना, शुभलाभ, कोअपरेटर ग्रुप, पिपल्स र स्काई लिमिटको आयोजनामा ललितपुरको जनभावना क्याम्पसमा भएको रक्तदानमा ७० जनाले रक्तदान गरेको लायन्स क्लव अफ काठमाडौको जोन चेयरपर्सन श्याम यादवले बताए ।
क्याम्पसका बिद्यार्थी, लायन्स सदस्य, स्थानीय लगायतले रक्तदानमा सहभागिता जनाएका थिए ।
रगत अभाव कायम रहेको वेला लायन्स दिवसको अवसर पारेर रक्तदान गरेको भन्दै प्रमुख अतिथि डिस्ट्रिक गभर्नर लायन्स अनन्त प्रसाद भेटवालले रक्तदाता र क्लवहरुलाइ धन्यवाद दिए ।
उपत्यकामा प्रत्येक दिन ११ सय पिन्ट रगत माग भए पनि कÞरीब ६ सय पिन्ट मात्रै उपलब्ध हुदै आएको छ । राजधानी  दैनिककाे अनलाइनबाट 

Next Post

अपराधजन्य घटना हुन नदिएको प्रहरी उपरीक्षक तामाङको दावी

२४ श्रावण २०७५, बिहीबार १८:१२
सदरलाइनडटकम नेपालगन्ज ः जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकबहादुर तामाङले जिल्लामा कुनै प्रकारका अप्रिय घटना हुन नपाएको दाबी गरेका छन् । बाँकेबाट सरुवा भई जान लागेका उनले आफ्नो कार्यकालमा जिल्लाको सुरक्षा अवस्था चुस्तदुरुस्त बनाउँदै अपराधजन्य घटना हुन नदिएको दावी गरेका हुन् । जिल्ला प्रहरी कार्यालयमा बिहिवार पत्रकारहरुसंग भेटघाट गर्दै प्रहरी […]