बाँकेमा १० जना कोरोना संक्रमित थपिए

सदरलाइन संवाददाता १६ श्रावण २०७९, सोमबार १४:१८
 

नेपालगञ्ज : बाँकेमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा ८ र जमुनाह नाकामा २ गरी १० जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

संक्रमण पुष्टि भएकामध्ये ६ जना बाँकेका हुन् भने ४ जना जिल्ला बाहिरका हुन् । सोमवार संक्रमण पुष्टि भएकासँगै बाँकेमा कोरोनाका कूल संक्रमितको संख्या २१ हजार १७६ पुगेको छ ।


तिमध्ये २० हजार ७८० जना निको भइसकेका छन् । जिल्लामा सक्रिय संक्रमितको संख्या ४३ रहेको छ । उनीहरु सबै होमआइसोलेशनमा स्वास्थ्य लाभ गरिरहेको पनि फोकलपर्सन वलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

समयमै काम नगर्ने निर्माण कम्पनीविरुद्ध कोहलपुरको कडाई

१६ श्रावण २०७९, सोमबार १४:१८
नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिका समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनीहरु विरुद्ध कडारुपमा प्रस्तुत भएको छ । कोहलपुर नगर कार्यपालिकाको साउन ११ गते बसेको बैठकले गत असार २५ गतेसम्ममा काम सम्पन्न गर्नुपर्ने भएपनि सो अवधिमा कार्य सम्पन्न गर्न नसकेका ८ वटा निर्माण कम्पनीलाई कारवाहीका लागि प्रक्रिया अगाडि बढाउने निर्णय गरेको […]

सम्बन्धित