बाढी पीडितका लागि अश्रयस्थल निर्माण

१३ असार २०७५, बुधबार १८:५३
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिकालाई वर्षेनी राप्ती नदी र डुडुवा नदीको बाढीले विस्थापित हुनेहरुका लागि आश्रय स्थल निर्माण सुरु भएको छ ।
वर्षेनी बाढीबाट पीडित सो क्षेत्रका नागरिकलाई सुरक्षित बनाउन उचित आश्रयका लागि दुई वटा भवन निमार्ण गर्न लागिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिए ।
उनले होलियाको छिटाईपुर्वा र चौफेरी पाँजामा ५ लाखका दरले दुई वटा भवन निमार्ण थालिएको बताए । राप्ती नदीको बाढी तथा डुबानले सो क्षेत्रका नागरिकहरु वर्षेनी डुवानमा परि मानविय क्षति तथा धनमाल नष्ट हुने गरेको अवस्थामा यो भवनले सो घटनाबाट जोगाउने विश्वास लिइएको छ ।
भवन निमार्णपछि बाढी तथा अन्य कुनै विपत आएमा सो भवनमा आश्रय लिन सहज हुनेछ । सो भवन वाडी ग्रस्त क्षेत्रलाई लक्षित गरि अग्लो स्थानमा बनाउन थलिएको गाउँपालिकाले जनाएको छ ।


अग्नीपिडितलाई नगद राहत वितरण

यसैबीच डुडुवा गाउँपालिका– १ होलिया छिटाइपुर्वाका अग्नी पीडितलाई राहत वितरण गरिएको छ । २०७४ बैशाखमा भएको आगलागीबाट पीडित ३२ घरपरिवारलाई नगद राहत वितरण गरिएको हो ।
डुडुवा गाउँपालिका विपत व्यवस्थापन कोषबाट अग्नीपिडित ३२ परिवारलाई नगद दुई हजारका दरले वितरण गरिएको छ । जिल्ला समन्वय समिति बाँकेका उपसंयोजक ज्ञानेन्द्र चौधरी, गाउँपालिका अध्यक्ष चौधरी, वडाध्यक्ष पटेश्वर कुर्मी, वडा सदस्य सुष्मायादवले सो रकम प्रदान गरेका हुन ।
आगलागी भएको एक वर्ष वितसिक्दा पनि कुनै निकायबाट सहयोग नभएपछि गाउँ कार्यपालिकाको बैठकले गरेको निर्णय अनुसार सो रकम वितरण गरिएको गाउँपालिकाले जनाएको छ । २०७४ साल बैशाख १५ गते भएको आगलागीबाट छिटाइपुर्वा गाउँका ३२ घर जलेर नष्ट भएको थियो ।  

Next Post

विकासे अनुगमनमा निस्कियो जिल्ला समन्वय समिति बाँके

१३ असार २०७५, बुधबार १८:५३
सदरलाइनडटकम, नेपालगन्ज : जिल्लामा भईरहेका विकास निर्माणको गुणस्तर तथा कार्यप्रगतिको अवस्थाको जिल्ला समन्वय समिति बाँकेले अनुगमन सुरु गरेको छ । बुधबार जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तबको नेतृत्वमा जिल्ला समन्वय समितिका सदस्य चेतबहादुर घर्ती, जानुका क्षेत्रीलगायतको अनुगमनमा निस्केको प्रविधिक सहितको टोलीले नेपालगन्ज उप–महानगरपालिका वडा नं. २० मा सम्पन्न भएका […]

सम्बन्धित