नेपाल बैंक र नेपालगञ्ज नर्सिङ्ग क्याम्पसबीच सम्झौता

सदरलाइन संवाददाता ४ भाद्र २०८०, सोमबार १४:५०
 

नेपालगञ्ज : नेपालगञ्ज नर्सिङ्ग क्याम्पस र नेपाल बैंक लिमिटेड ‘सिटी अफिस’ बीच सेवाग्राही कर्जाका लागि सम्झौता भएको छ । नेपालगञ्ज नर्सिङ्ग क्याम्पसका क्याम्पस प्रमुख तुलसा सुनार र नेपाल बैंक लिमिटेड बाँकेका शाखा प्रवन्धक रुपेश कुमार श्रीवास्तव बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई व्यक्तिगत आवश्यकताका आधारमा सेवाग्राही कर्जाअन्तर्गत वार्षिक आधार दर बैंकको नियमानुसार ३.५ प्रतिशत दरले व्याज लिने गरी अधिकतम् पन्ध्र लाखसम्मको कर्जा प्रदान गर्ने सम्झौता भएको छ ।


नेपाल बैंक लिमिटेड तथा नेपालगञ्ज नर्सिङ्ग क्याम्पस बीच भएको सेवाग्राही कर्जा सहमतिले क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीलाई आगामी दिनहरुका लागि राहत भएको क्याम्पस प्रमुख सुनारले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर नगरपालिकाले पशुलाई सुत्केरी भत्ता दिने

४ भाद्र २०८०, सोमबार १४:५०
कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाले गाई,भैसीलाई सुत्केरी भत्ता दिने भएको छ । नगरकार्यपालिको कार्यालय पशुसेवा शाखाको आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार उक्त भत्ता दिन लागिएको प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले बताए । सुत्केरी गाई, भैसीलाई दुई हजार भत्ता दिइने छ । उक्त कार्यका लागि नगरपालिकाभित्र रहेका पशुपालक कृषकहरुले […]