गडरिया दम्पतीको हत्यापछि बस्ती नै शोकमा

सदरलाइन संवाददाता १४ श्रावण २०७९, शनिबार १३:२८
 

नेपालगञ्ज : बाँकेको कोहलपुर–१४ पारवतीपुरका कृष्णकुमार गडरिया दम्पतीको घरमै सुतेको अवस्थामा सोमबार राति हत्या भएपछि बस्ती नै शोकमा छ ।

घरमै सुतिरहेका व्यक्तिको योजनाबद्ध तरिकाले हत्या भएको खबरले सबैमा डर र त्रास उत्पन्न भएको स्थानीयवासी रामसोहन खटिकले बताए । २५ वर्षीय कृष्ण र उनकी २३ वर्षीया पत्नी अञ्जलीको मङ्गलबार बिहान आफ्नै घरमा हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

कृष्णका सहोदर दाजु विजयकुमार र पत्नी रेखाको योजनामा घटना भएको तथ्य प्रहरीले पत्ता लगाएपछि स्थानीयवासी आक्रोशित भएका छन् । मृतक दम्पतीको बिहीबार दाहसंस्कार भएको छ ।


आफ्नै दाजुबाट धन र अन्य सम्पत्तिको लोभमा यस्तो अपराध हुनाले समाजमा डर र त्रासमात्रै नभई नकारात्मक सन्देश फैलिएको अर्का स्थानीयवासी अनिता पौडेलले बताइन् ।

ती दम्पतीको हत्यामा नेपालगञ्ज उपमहानगरपालिका–१९ सुर्जीगाउँका १९ वर्षीय राजन सोनकर र नेपालगञ्ज–१८ लग्दहवाका २६ वर्षीय सकिल अली शेषको संलग्नता पुष्टिपछि उनीहरु प्रहरीको नियन्त्रणमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्युठानमा जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु, १४ जना घाईते

१४ श्रावण २०७९, शनिबार १३:२८
नेपालगञ्ज : प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नं. ४ भ्यागुतेमा शनिवार दिउँसो जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । स्वर्गद्वारीबाट भिङ्ग्री तर्फ आउँदै गरेको लु ३ च ३५३ नम्वरको जीप दुर्घटना हुँदा रुपन्देही निवासी मायादेवी ठाकुरको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय भिङ्ग्रीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा […]