शिक्षा दिवसमा विभिन्न कार्यक्रम

२२ भाद्र २०७६, आईतवार १७:४१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस आइतवार नेपालगञ्जमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । उपमहानगरपालिकाको आयोजनामा नेपालगञ्जमा उत्कृष्ट विद्यालय, शिक्षक, विद्यार्थी, कर्मचारी, अभिभावक तथा संघ संस्थालाई सम्मान गरिएको छ ।
नेपालगञ्जकी उपमेयर उमा थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले बाँकेलाई साक्षर जिल्ला घोषणाका लागि सबैको ध्यानाकर्षण गराए ।
मेयर डा. धवलशम्शेर राणाले शिक्षाको क्षेत्रमा उपमहानगरपालिकाले विभिन्न प्रयास गर्दै आईरहेको भन्दै शिक्षाको विकासका लागि सबैको साथ र सहयोगको अपेक्षा गरिएको बताए ।

Next Post

विक्रम ल्याण्डर पत्ता लाग्यो, सम्पर्क गर्ने प्रयास जारी

२२ भाद्र २०७६, आईतवार १७:४१
सदरलाइनडटकम, काठमाण्डौ : भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का प्रमुख डा. के सिवनले आइतवार चन्द्रयान २ को ल्याण्डर विक्रम चन्द्रमाको सतहमा भएको पत्ता लागेको बताएका छन् । सिवनले भने, ‘ल्याण्डर विक्रम चन्द्रमाको सतहमा भएको पत्ता लागेको छ ।’ ‘तीव्र गति (हार्ड) को ल्याण्डिंगको कारण त्यसमा क्षति पुगेको सवालमा सिवनले भने, […]

सम्बन्धित

ताजा अपडेट