मन्दिरको सुन्दरता नमासौ

३० श्रावण २०७६, बिहीबार १३:३७
 

सतिश निरौला
बागेश्वरी नेपालगन्जमा रहेको प्राचीन र एतिहासिक मन्दिर हो । धार्मिक बिश्वास अनुसार यस मन्दिरमा सतिदेविको जिब्रो पतन भएको जनबिस्वास रहदै आएको छ ।
बागेश्वरी मन्दिर प्रदेश न ५ कै प्रमुख शक्ति पिठ हो । मन्दिरमा दशैका अवसरमा बिशेष मेला लाग्ने गरेको र सधैं मन्दिर दर्शनार्थी र भक्तजनहरुको भिड लाग्ने गर्दछ । मन्दिर नेपालमा मात्र होईन भारतमा समेत प्रख्यात छ । भारतबाट पनि थुप्रै श्रद्धालुहरु बागेश्वरी मन्दिर आउने गर्छन् । सुनिएको चर्चा अनुसार यो मन्दिरमा भारतकी चर्चित डाकु फुलनदेवी समेत बागेश्वरी दर्शन गर्न आएर थुप्रै सुनचाँदी चढाएकी थिइन् रे । अनि भारतीय चर्चित अभिनेता अमिताभ बच्चन समेत यहाँ आई दर्शन गरि चढावा चडाएर गएका थिए रे ।
अहिले सरकारले भ्रमण बर्ष २०२० मनाइरहदा बागेश्वरी प्रचार प्रसार हाम्रो उपमहानगरसङ्ग जोडिएको उत्तर प्रदेशमा मात्र गर्न सकिए त्यहाँको जनसंख्याको ५५ प्रतिशत मानिस मात्र नेपालगन्ज आउने हो भने प्रत्यक बर्ष ६ लाख भारतीय पर्यटक नेपालगन्ज भित्र्याउन सकिन्छ ।
अहिले बागेश्वरी मन्दिरको छेउमा सटर बनाउने कुरा व्यापक चर्चामा छ र यसको बिरोध धेरैले गरिरहेका छन् तर कम्पलेक्स निर्माण का लागि शिलान्यास समेत गरि सकिएको छ । यदि वरिपरि भवन नबनाएर कम्पाउन्डवाल मात्र लगाउने हो भने बाहिरबाट नै बागेश्वरी मन्दिरको सुन्दरता र भब्यता नियाल्न सकिन्छ भने मन्दिर परिसरको क्षेत्रफल बढी फराकिलो हुनेछ । मन्दिरको सौन्दर्यता बढाउने र मन्दिरको प्रचारप्रसार गर्ने योजनाको साटो मन्दिर साघुरो बनाउने र वरिपरि व्यावसायिक भवन बनाएर मन्दिर कुरुप बनाउने कुरा बेठीक हो । संबंधित सरोकारवाला र उपमहानगरबासी तथा स्थानीय राजनीतिक दल र पर्यटन सरोकारवालाको ध्यान पुगोस् , बागेश्वरी माताले हामी सबैको कल्याण गरुन् ।

Next Post

स्वतन्त्रता दिवसमा भारतीय दूतावासको कार्यक्रम

३० श्रावण २०७६, बिहीबार १३:३७
सदरलाइनडटकम, काठमाण्डौ : काठमाण्डौमा रहेको भारतीय दूतावासले बिहीवार विविध कार्यक्रम गरी ७३ औं स्वतन्त्रता दिवस मनाएको छ । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरीले भारत सरकारले नेपालका विभिन्न अस्पताल, गैरनाफामूलक परोपकारी संस्था तथा शैक्षिक संस्थाहरुलाई उपलब्ध गराएको ३० वटा एम्बुलेन्स र ६ वटा बस हस्तान्तरण गरे । साथै […]