प्युठानमा जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु, १४ जना घाईते

सदरलाइन संवाददाता १४ श्रावण २०७९, शनिबार १४:२२
 

नेपालगञ्ज : प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नं. ४ भ्यागुतेमा शनिवार दिउँसो जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

स्वर्गद्वारीबाट भिङ्ग्री तर्फ आउँदै गरेको लु ३ च ३५३ नम्वरको जीप दुर्घटना हुँदा रुपन्देही निवासी मायादेवी ठाकुरको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय भिङ्ग्रीले जनाएको छ ।


प्रहरीका अनुसार दुर्घटनामा १४ जना घाईते भएका छन् । त्यसमध्ये ९ जनाको अबस्था गम्भीर छ । स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्कने क्रममा जीप दुर्घटनामा परेको हो । जीपमा १७ जना सवार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पछिल्लो एक वर्षमा दाङबाट साढे चार लाख किलो जडीबुटी निकासी

१४ श्रावण २०७९, शनिबार १४:२२
दाङ : दाङबाट पछिल्लो एक वर्षमा झन्डै साढे चार लाख किलो जडीबुटी निकासी भएको छ । राष्ट्रिय वन र निजी वन क्षेत्रबाट ४ लाख ३८ हजार ९ सय ५२ किलो बराबरको विभिन्न प्रकारका जडीबुटी निकासी भएको डिभिजन वन कार्यालय घोराही दाङले जनाएको छ । दाङबाट सबैभन्दा धेरै टिमुर निकासी भएको […]