दुई समूहबीच झगडा हुँदा एकको मृत्यु

६ माघ २०७५, आईतवार ०८:३७
 

धनगढी  : कैलालीको अत्तरियामा शनिबार साँझ दुई समूहबीच झगडा भइ हानाहानको घटनामा एक जनाको मृत्यु भएको छ ।
घटनामा गोदावरी नगरपालिका–१ का २० वर्षीय अरुण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिमिल्सेनाले बताउनुभयो । मृतकको छाती र पेटमा धारिलो हतियारको घाउ लागेकाले दुई समूहबीच खुकुरी वा चक्कु हानाहान भएको हुनसक्ने जनाइएको छ ।
घटनामा घाइते भएका भट्टलाई तत्काल अत्तरियाको पद्मा अस्पतालमा लगिएकामा थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी ल्याउने क्रममा निजको बाटैमा मृत्यु भएको हो ।
घटनामा सोही ठाउँका सबिन कट्टेल, हरि राई र राजेश नेपाली घाइते भएका छन् । घाइतेको अवस्था खतरामुक्त रहेको जनाइएको छ । अत्तरियामा केही दिनदेखि चलिरहेको महोत्सव सकिएको केही समयपछि यो घटना भएको हो । घटनाबारे अनुसन्धान शुरु गरिएको प्रहरी उपरीक्षक तिमिल्सेनाले बताउनुभयो । रासस

Next Post

बाँकेमा लैङ्गिकहिंसा पीडितका लागि राहत कोष स्थापनाको पहल

६ माघ २०७५, आईतवार ०८:३७
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा लैङ्गिकहिंसा पीडितका लागि राहत कोष स्थापना गर्न सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँके अन्तरगत गठन गरिएको लैंङ्गिक हिंसा निवारण सञ्जाल बाँकेले लैङ्गिक हिंसा पीडितको लागि सहयोग पुराउने उदे्श्यले शनिबार बनाभोजसहितको कार्यक्रम आयोजना गरेको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेको महिला तथा बालबालिका शाखामा सचिवालय […]