सदस्यता निलम्बन प्रकरण : निलम्बित सदस्यलाई हटाई मतदाता नामावली सार्वजनिक गरेपछि विबाद चुलिदै

२२ श्रावण २०७३, शनिबार १३:५०
 

सदरलाइनडटकम, IMG_8475 copy
२२ साउन, नेपालगन्ज: नेपालगन्ज उद्योग बाणिज्य संघले बहुमतका नाममा संघको विधान मिचेर सदस्य निलम्बन गरेको कुरालाई जिल्ला प्रशासन कार्यालय बाँंकेले निलम्बनमा परेका सदस्यहरुका सम्बन्धमा जारी निर्देशनको अबज्ञा गरिएको छ ।
संघको कार्यसमितिका बहुमत पक्षले आगामि भदौ ११ गते हुने निर्वाचनलाई लक्षित गरी कोहलपुर क्षेत्रका २ सय ६ जना सदस्यलाई सफाईको मौका समेत नदिई निलम्बन गरेपछि निलम्बन परेका सदस्यहरुले आफ्नो सदस्यता सुनुवाईको समेत मौका नदिई निलम्ब गर्नु बिधानसम्मत नभएको ठहर गर्दै अर्ध न्यायिक निकाय जिल्ला प्रशासन कार्यालय बाँकेमा निबेदन दिएको संघर्ष समितिका नमप्रसाद शर्माले जानकारी दिए ।
सो विषयलाई प्रशासनले बिधान अनुसार गर्न साउन १९ गते संघको नाममा निर्देशनात्मक आदेश जारी गरेको भए पनि प्रशासनकोे निर्देशनलाई अवज्ञा गर्दै प्रमुख निर्वाचन आयुक्त भोलासिंह हमालले निलम्बनमा परेका २ सय ६ जना सदस्यहरुको नाम काटेर मतदाता नामावली सार्बजनिक गरेपछि पीडित ब्यवसायीहरु आक्रोसित भएका छन् ।
‘प्रमुख निर्वाचन आयुक्तले पक्षपाती भुमिका निभाएको र IMG_8479 copyअर्धन्यायीक निकायको निर्देशनको अवज्ञा गरि एक पक्षिय मतदाता नामावली सार्वजनिक गरेको कार्यप्रती हाम्रो गम्भीर आपत्ती छ’– नेपाल राष्ट्रिय बाणिज्य संघ बाँकेका अध्यक्ष भाष्कर काफ्लेले भने–‘निर्वाचन आयुक्त हमालले संघका अध्यक्षले विधिवत रुपमा दिएको नामलाई फालेर महासचिवले पठाएको नामावली टाँस्ने काम भएको छ । त्यो कुनै पनि मूल्य र मान्यतामा हामीलाई स्वीकार्य हुदैन ।’
निर्वाचनको मुखमा अध्यक्ष केही पदाधिकारी बाहेक बहुमत समेतले बिधान बिपरित कोहलपुरक्षेत्रका सदस्यहरुलाई निलम्बन गरेपछि संघमा बिबाद चुलिएको छ । निलम्बन गर्नुअघि उनीहरुलाई सुनुवाईको मौका समेत दिइएको थिएन ।
संघले बिबाद समाधान गर्न नचाहे पछि पीडित ब्यवसायीहरु प्रशासन पुगेका थिए । ‘प्रशासनले आदेश दियो । तर त्यसको कार्यान्वयन गर्ने तर्फ कुनै सुनुवाई भएन ।’–पीडित ब्यवसायी सदस्य शर्माले भने,–‘प्रमुख निर्बाचन आयुक्तले निष्पक्ष भुमिका निभाउनु भएन ।’ प्रमुख निर्वाचन आयुक्तले पीडित ब्यवसायीहरुको गुनासो सुन्नुपर्नेमा उल्टो दुःख दिने काम गरेको व्यवसायीहरुको गुनासो छ ।
प्रशासनको आदेशको अज्ञा गरिएपछि पीडित ब्यवसायीहरुले शनिबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी न्यायका लागि दबाब दिन सार्बजनिक आह्वान समेत गरेका छन् । ‘जर्बजस्ती जुन तरिकाले हामीलाई कारवाही गरिएको छ । यस्तो नजिर अरु कुनै पनि ठाउंमा नबसोस् भनेर सबैलाई आवाज उठाईदिनुहोस्’– नेपाल राष्ट्रिय वाणिज्य संघ बाँकेका अध्यक्ष काफ्ले भने ।
उनले कुनै खास ब्यवसायीहरुका लागि भन्दा पनि आफुहरुले न्यायको पक्षमा आवाज उठाईरहेको बताएका छन् । काफ्लेले प्रशासनको आदेशको अबज्ञा गरिएको र त्यसबाट पनि कुनै सुनुवाई नभए आफुहरु अदालतसम्म जाने बताए । आफुहरु निर्वाचनको बिरोधी नभएको बताउदै आफ्नो प्यानल घोषणा गरेर निर्वाचनको कार्यक्रममा लागिसकेको बताए । तर पीडित ब्यवसायीहरुको पक्षमा निरन्तर लागिरहने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दुर्घटनाको ६ घण्टापछि शव निकालियो

२२ श्रावण २०७३, शनिबार १३:५०
सदरलाइनडटकम, २२ साउन, नेपालगन्ज: पूर्व पश्चिम राजमार्गको महादेवपुरीमा ट्रक दुर्घटना हुँदा च्यापिएर मृत्यु भएका सह–चालक शंकर पुनको शवं ६ घण्टापछि निकालिएको छ । शनिबार बिहानैदेखि शव निकाल्न डोजरसहित खटिएका नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी, शशस्त्र प्रहरीको प्रयासपछि ६ घण्टापछि शवं निकालिएको हो । दुर्घटनास्थलबाट बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राइले […]

सम्बन्धित