सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेका थप ९ जनाको कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’ देखिएको छ । यससँगै बाँकेमा शनिवारसम्म भएका सबै परीक्षणमा ४ सय ९२ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । पीसीआर बिधिबाट शनिवार गरिएको परीक्षणमा ८ जनाको रिपोर्ट नेगेटिभ देखिएको हो ।
यसअघि परीक्षणमै रहेको थप एक जनाको रिपोर्टसमेत नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार अन्य १३ जनाको रिपोर्ट आउन बाँकी छ । बाँकेमा स्थापना गरिएका १८ वटा क्वारेन्टाईनमा ४ सय १० जना राखिएका छन् ।
बाँकेको राप्तीसोनारी ८ पेडारीमा रहेको क्वारेन्टाईन शनिवारबाट खाली भएको छ । क्वारेन्टाईनमा रहेका सबैलाई सम्बन्धित जिल्ला पठाईएपछि कवारेन्टाईन खाली भएको बताईएको छ ।
