कोहलपुरमा मृत भेटिएका दम्पत्तिको ‘कन्ट्रयाक्ट किलिङ’ भएको खुलासा

सदरलाइन संवाददाता १० श्रावण २०७९, मंगलवार १८:३३
 

नेपालगञ्ज : बाँकेको कोहलपुर १४ पार्वतीपुरमा मंगलवार विहान मृत भेटिएका दम्पतीको हत्या भएको खुलेको छ । २५ वर्षीय श्रीमान कृष्णकुमार गडरिया र २३ वर्षीया श्रीमती अञ्जली गडरियाको हत्या भएको खुलेको हो ।

कृष्णका दाई भाउजुले मान्छे लगाएर दम्पतीको हत्या गरेको खुलेको हो ।प्रहरीले मंगलवार अपरान्ह पत्रकार सम्मेलन गरेर कृष्णका दाई विजय र भाउजु रेखाले भारतबाट दुई जना कन्ट्रयाक किलरलाई बोलाएर हत्या गराएको जानकारी दिएको छ ।

उनीहरुको हत्या गर्न भारतबाट ५०/५० हजार रुपैयाँ दिएर दुई जनालाई बोलाइएको थियो । सोमवार राती ११ देखि १२ बजेको बीचमा कृष्ण र अञ्जलीको हत्या भएको प्रहरीले बताएको छ ।


दुई जनाको हत्या हुँदा माथिल्लो तलामा विजय र रेखा रहेको भनिए पनि हत्या हुँदा विजय तल नै रहेको प्रहरीको भनाई छ ।

पक्राउ परेका विजयले दिएको शुरुवाती बयान अनुसार मृतक अञ्जलीले आफ्नो श्रीमान कृष्णकुमार र ससुरा पिरनलाई उक्साएर जेठाजु विजयलाई पिट्न लगाएको रिसमा विजयले बुहारीलाई मार्न लगाउँदा दुबै जनाको हत्या भएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जकै दुई युवाले कोहलपुरमा दम्पत्तिको हत्या गरेको खुलासा

१० श्रावण २०७९, मंगलवार १८:३३
नेपालगञ्ज : कोहलपुर नगरपालिका वडा नं. १४, पार्वतिपुरका कृष्ण गडरिया र उनकी श्रीमती अञ्जली गडरियालाई भारतीय सुटर नभई नेपालगञ्जकै दुई युवाले हत्या गरेको खुलेको छ । दाजु विजय र भाउजु रेखाको योजनामा नेपालगञ्ज उपमहानगरपालिका १९ का राजन सोनकर र नेपालगञ्ज उपमहानगरपालिका १८ का सकिल अली शेषले कृष्ण र अञ्जलीको हत्या […]