निर्मला हत्याकाण्डको चार वर्ष पुरा, घटना अझै रहस्मय

सदरलाइन संवाददाता १० श्रावण २०७९, मंगलवार १४:००
 

नेपालगञ्ज : कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या भएको चार वर्ष पुगेको छ । तर, हत्या भएको चार वर्षसम्म पनि दोषी पत्ता लाग्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक श्याम चौधरीले घटनाको नयाँ कोणबाट अनुसन्धान भइरहेको बताए । अहिले पनि त्यस क्षेत्रका १८÷१९ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको प्रहरीले जनाएको छ । हत्याकाण्डको अनुसन्धानका लागि १ सय ७ जनाको डीएनए परीक्षण भइसकेको छ भने अहिलेसम्म ६ सय ३५ जनालाई सोधपुछ गरिएको छ ।


नेपाल प्रहरीले धेरै साधन स्रोत र जनशक्ति खर्च गरेर निरन्तर चार वर्षसम्म यसरी अनुसन्धान गरेको यो पहिलो घटना भएको प्रहरी अधिकारीहरु बताउँछन् । २०७५ साल साउन १० गते उल्टाखामकी १३ वर्षकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको थियो । हत्या भएको भोलिपल्ट उखुबारीमा पन्तको शव भेटिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरी अस्पतालमा स्वास्थ्य बीमा लिने सेवाग्राही ह्वात्तै बढे

१० श्रावण २०७९, मंगलवार १४:००
नेपालगञ्ज : सरकारले स्वास्थ्य बीमा कार्यक्रम निजी अस्पताल तथा मेडिकल कलेजमा बन्द गरेपछि बिरामीको चाप सरकारी अस्पतालमा ह्वात्तै बढेको छ । सरकारले साउन १ गतेदेखि निजी अस्पताल तथा मेडिकल कलेजमा बीमा कार्यक्रम बन्द गरेको थियो । निजी तथा मेडिकल कलेजमा बीमा कार्यक्रम बन्द भएपछि पश्चिम नेपालको सबैभन्दा ठूलो रेफरल भेरी […]