लम्पी स्किन रोगका कारण दूध उत्पादन घट्यो

सदरलाइन संवाददाता २२ पुष २०८०, आईतवार १४:१२
 

नेपालगञ्ज : लुम्बिनी प्रदेशमा पशुमा लाग्ने लम्पी स्किन रोगका कारण दूध उत्पादन घटेको छ । लुम्बिनी प्रदेशको पशुपन्छी निर्देशनालयका अनुसार यस रोगका कारण प्रदेशका १२ जिल्लामा ५ हजार बढि पशु मरेका थिए ।

निर्देशनालयका अनुसार प्रदेशमा पहिलो पटक २ साउन २०७७ मा पशुमा यो रोगको संक्रमण देखिएको थियो । बाँकेमा ‘लम्पी स्किन’को सङ्क्रमणबाट एक सय २५ भन्दा बढी पशु चौपायाको मृत्यु भएको थियो भने दश हजार बढीमा सङ्क्रमण देखिएको थियोे । गाई, भैसीमा देखिएको उक्त रोगको प्रभाव दूध उत्पादनमा परेको छ ।

नेपाल राष्ट्र बैंकले पुष महिनामा सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदन अनुसार, लुम्बिनी प्रदेशमा लम्की स्किनकै कारण ६.३० प्रतिशत दूध उत्पादन घटेको छ । २०८० असार मसान्तसम्म यो प्रदेशमा ४ हजार ९ सय ५० लाख लिटर दूध उत्पादन भएको थियो । बिगतको बर्ष भन्दा यो ६.३० प्रतिशतले कमी भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ,—‘गाईमा
देखिएको लम्पी स्किनका कारण दूध उत्पादनमा ह्रास भएको हो ।’


लुम्बिनी प्रदेशको रुपन्देहीमा सबैभन्दा धेरै ३२.२६ प्रतिशत र सबैभन्दा कम रुकुममा ०.२० प्रतिशत दूध उत्पादन हुँदै आएको छ । बाँकेमा ९.८९ प्रतिशत दूध उत्पादन हुने गरेको छ । लम्पी स्किनले पशुको मृत्यु र दूध उत्पादन घटे पनि कुनै प्रकारको राहत नपाउँदा समस्या झनै बढ्दै गएको छ । उनीहरुले कुनै पनि तहका सरकारबाट राहत उपलब्ध नभएको दुखेसो पोखेका छन् ।

यो रोगको संक्रमण मुख्यगरी गाईगोरु, भैंसी र चौंरीमा देखिएको थियो जुन अहिले नियन्त्रणमा छ । अधिकांश गाई र भैंसी रोगका कारण थला परेपछि दूध उत्पादन घटेको हो । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पशुमा देखिएको संक्रमणका कारण प्रदेशमा ८० प्रतिशतले दूधको उत्पादन घटेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पीन नेपालगञ्जको अध्यक्षमा वर्मा

२२ पुष २०८०, आईतवार १४:१२
नेपालगञ्ज : नेपाल औषधीगत विक्रि प्रबन्धक संघठन (पीन) नेपालगञ्ज इकाईको अध्यक्षमा विशाल विक्रम वर्मा सर्वसम्मत निर्वाचित भएका छन् । बर्दियाको पर्यटकिय क्षेत्र सत्खलुवा तालमा सम्पन्न नेपालगञ्ज इकाईको बनभोज तथा इकाई अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । संघठनको वरिष्ठ उपाध्यक्षमा रोहित कुमार भट्ट, उपाध्यक्षमा अमर बहादुर बम, सचिवमा माधव प्रसाद […]