सदरलाइनडटकम
२१ असोज, नेपालगन्ज : संघिय प्रहरी ईकाई कार्यालय नेपालगन्ज बाँकेबाट खटिएको प्रहरीको टोलीले ८ सय ग्राम अवैध लागू औषध अफिम सहित दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
संघिय प्रहरी ईकाई कार्यालय नेपालगन्ज बाँकेद्वारा जारी गरिएको प्रेस विज्ञप्तीमा जनाईए अनुसार अफिम सहित नियन्त्रणमा पर्नेहरुमा नरैनापुर गाउपालिका–२ का ४० वर्षिय बिकाउ मौर्य र सोही ठाँउका ५५ वर्षिय बृज बिहारी रैदास रहेका छन् ।
प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर शुक्रबार साँझ साढे ७ बजेतिर नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको जनाएको छ । प्रहरीले उनीहरुलाई काँहाबाट नियान्त्रणमा लिएको भन्ने खुलाएको छैन ।

