बर्दियामा बालिका बलात्कारको आरोपमा रजाली पक्राउ

सदरलाइन संवाददाता १ श्रावण २०७९, आईतवार १५:४९
 

बर्दिया : बर्दियामा ६ वर्षीया बालिका बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरीले मधुवन नगरपालिका–६ गाँउ नम्बर २ श्रीनगर बस्ने २६ वर्षीय मान बहादुर रजालीलाई पक्राउ गरेको हो ।

गोठको पछाडि लगेर रजालीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ ।


उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आइतवार साउने संक्रान्ति मनाईंदै

१ श्रावण २०७९, आईतवार १५:४९
नेपालगञ्ज : आइतवार साउने सङ्क्रान्ति स्नान, दान एवम् आफन्त जम्मा भई रमाइलो गरेर मनाईंदैछ । सूर्यले मिथुन राशीको भोग पूरा गरी कर्कट राशीमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ […]