सदरलाइनडटकम,
दाङ : चट्याङ लागेर दाङमा तीन जनाको मृत्यु भएको छ । तुलसीपुर र घोराहीमा शनिवार चट्याङ लागेर तुलसीपुर उपमहानगरपालिका ७, नवलपुरकी गीता चौधरीकी ७ वर्षीया छोरी सृष्टि र सोही ठाउँकी ५४ वर्षीया लक्ष्मी आचार्यको मृत्यु भएको हो ।
चट्याङ लागेर घाइते भएका चौधरी र आचार्यको उपचारका क्रममा तुलसीपुरको राप्ती लाइफ केयर हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै घोराही उपमहानगरपालिका ११ हापुरका सूर्यबहादुर पुरीका छोरा ८ वर्षीय ताराबहादुरको पनि चट्याङ लागेर मृत्यु भएको छ ।
