कोरोना कहरकै बीचमा

कालिकोटका बाढि पीडितलाई हातैमा प्लानले पुरायो नगदै राहात

बाढिले भत्किएका एक हजार घरले पाए नगद पन्ध्र–पन्ध्र हजार

विश्वनाथ सिम्खाडा / कालिकोट २८ भाद्र २०७७, आईतवार ०९:४९
 

विश्वनाथ सिम्खाडा / कालिकोट ,
निरन्तरको अविरल वर्षाले क्षति ब्योहोरेका कालिकोटका बाढि र पहिरो पीडितहरुले पहिलो पटक नगद राहत पाएका छन । गत साउन ७ गतेदेखि आएको निरन्तर वर्षाका कारण प्रभाबित घरपरिवारहरुले प्लान नेपालको आर्थिक सहयोग साझेदार संस्था सादा नेपाल, हुरेन्डेक नेपाल, र किर्डाक नेपालको सहजिकरणमा बिभिन्न चरणमा राहत पाएका हुन ।

स्थानीय तहको समन्वयमा नरहरिनाथ गाउँपालिकामा चारसय, शान्नि त्रिवेणी गाउँपालिकामा दुई सय ६२ र रास्कोट नगरपालिकामा तीनसय २८ घरधुरी गरि जम्मा एक हजार बाढि पीडितहरुले नगद पन्ध्र हजार राहत पाएका हुन ।

घरबारबिहिन भएपछि त्रिपालमा बास बस्न बाध्य भएका पीडितहरुले थोरै भएपनि घर बनाउने नगद रकम हात हातमा पाउदा खुशी भएका छन । अबिरल बर्षाको त्राससंगै त्रिपालमा बास वस्नु पर्दाको पिडा सुनाउदै रास्कोट नगरपालिका–३ कि संगिता दर्जीले खुशीहुँदै भनिन–‘थोरै भएपनि घर बनाउन पाउने भयौँ, जमिनको नाममा एककित्ता जग्गा थियो । त्यहि पनि बाढिले बगाएर लगिसक्यो । त्रिपालकोे साहारामा बालवच्चा सहित परिवार वसिरहेका छौँ । यो सहयोगले गर्दा अव बाँचिन्छ र ओत लागिन्छ कि भन्ने आशा पलाएको छ ।’

पन्ध्र हजार पाएपछि घर बनाउने भयौँ भन्दै भत्केको घर निर्माण हुने भएपछी संगिता मात्र होइनन् बाढिले पुर्ण रुपमा घर भत्केर त्रिपालमा वसिरहेकी रास्कोट नगरपालिका कि रंगिता लुवारले पनि हातैमा नगद पाउदा खुशि भइन । उनले भनिन्–‘वर्षाले घर बगाएर छिमेकिका घरमा वास बसिरहेका थियौँ । अव प्लानले दिएको नगद पन्ध्र हजारले भत्केको घर ठडिने भयो ।

बाढि पीडितलाई राहत वितरण गदै सादा नेपालका कार्यकारी निर्देशक अशोकनाथ योगीले, आफुहरु विपद्मा जस्तो सुकै कठिन परिस्थितीमा पनि प्लान ईन्टरनेशनल नेपाललगायत दातृ निकायहरु संग सहकार्य गरेर राहत र उद्धारमा लागिपरेको बताए ।
उनले भने,‘ कालिकोटमा यतिमात्र होइन, पुर्ननिर्माणका कामहरुमा पनि स्थानीय सरकारसंग समन्वय गरेर तत्काल संचालन गर्नु पर्ने देखिन्छ । समन्वय, सहकार्य साझेदारीको खाँचो महसुस गरिएको पीडितको दुख देख्दा भाबव्हिल बनाएकोले थप कामहरु नगरको समन्वयमा संचालन गर्ने तयारि गरिरहेको बताए ।


प्लानले कोरोना कहरदेखि बाढि पहिरो पीडितलाई द्रोसो पटक राहत वितरण गरिसकेको छ । यो जीबनकाल कै कहाली लाग्दो र उदेक लाग्दो पीडा हो, जसका कारण कालिकोटका विभिन्न स्थानमा अहिले सम्मकै ठुलो धनजनको क्षति संगै अधिकांस वस्ती पहिरोको उच्च जोखिममा परेका छन ।

बाढि र पहिरोले जिल्ला भरिकै तुलनामा रास्कोटमा बढिनै क्षति भएको रास्कोट नगरपालिकाले जनाएको छ । नगरप्रमुख काशिचन्द्र बरालका अनुसार अहिले रास्कोटमा तिन सय ८१ घरहरु पहिरोको जोखिममा छन । यसको लागि केन्द्र सरकार र प्रदेशसंग आग्रह गरेर वस्तीनै स्थानान्तरण गर्ने तयारि गरिरहेको बताए ।
उनले भने, ‘अहिले प्लान नेपालको सयोग र सादा नेपालको सहजिकरण र रास्कोट नगरपालिकाको समन्वयमा कोरोना कहरदेखि बाढी पहिरोको त्राससम्म राहत बितरण गर्दे आई रहेको छ । जुन नगरका लागि ठुलो सहयोग हो ।’

उनले पहिलो चरणमा अतिविपन्न परिवारका लागि नगद दुई हजार सात सय तिस, दोस्रो चरणमा बाढि पीडितहरुका लागि गैर खाद्य सामाग्री र तेस्रो चरणमा बाढि र पहिरो पीडितलाई नगद पन्ध्रहजार राहत दिएको छ । अझै पनि बाढिले क्षतिको प्रकृति हेरेर राहत वितरणको दायरा बढाउनु पर्ने भन्दै सहयोगी संस्थालाई नगर सरकारको तर्फवाट धन्यवाद दिए ।

उनले अझै पनि विपद्को सामाना गर्न स्थानीय सरकारले मात्र सम्भव नहुने भन्दै गैरसरकारी संस्थाको सहयोगमा निरन्तरता सहितको हातेमालोको जरुरी भएको हुने बताए ।

 

Next Post

बाँके मालपोत भदौ ३१ सम्म बन्द

२८ भाद्र २०७७, आईतवार ०९:४९
नेपालगञ्ज : भूमिसुधार तथा मालपोत कार्यालय बाँकेको सम्पुर्ण सेवा भदौ ३१ गतेसम्मका लागि बन्द गरिएको छ । प्रमुख मालपोत अधिकृत प्रेमबहादुर दौल्यालले एक सूचना जारी गर्दै कार्यालयबाट प्रदान गरिने सम्पुर्ण सेवा भदौ ३१ गते सम्मका लागि बन्द गरिएको जनाएका हुन् । सुचनामा शनिवार आएको पिसिआर जाँच रिपोर्टमा मालपोत कार्यालयका १४ […]