जानकीमा मनाइयो सूचना प्रविधि दिवस

१९ बैशाख २०७६, बिहीबार १८:२०
 

सदरलाइनडटकम,
जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाएको छ । गाउँपालिकाको सूचना प्रविधि शाखाले बिहीवार आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै गाउँपालिका अध्यक्ष रामनिवास यादवले गाउँपालिकाले गरेको काम पारदर्शी बनाउन सूचना प्रविधिले ठूलो सहयोग पुर्याएको बताए । उनले गाउँपालिकाअन्तर्गतका प्रत्येक शाखा र वडा कार्यालयले सूचना प्रविधिको भरपुर उपयोग गर्दै जनतालाई सरल र सहज तथा पारदर्शीरुपमा सेवा प्रवाह गर्न आग्रहसमेत गरे ।
गाउँपालिकालाई आधुनिक प्रविधियुक्त बनाउन कार्यालयमा सीसीटीभी जडान गरिएको छ । गाउँपालिकाका सबै ६ वटै वडामा इन्टरनेट र सीसीटीभी जडान गरेपछि कर्मचारीको काममा प्रभावकारिता देखिन थालेको गाउँपालिका उपाध्यक्ष भूमिसरा धितालले बताइन् । लेखा, प्रशासन, सूचना–प्रविधि शाखा, सबै विषयगत शाखा र गाउँपालिका कार्यालय परिसरको वरिपरिसमेत निगरानी गर्ने गरी सीसी क्यामेरा जडान गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले सूचनामैत्री बनाउन गाउँपालिकाको आफ्नै मोवाईल एप्स, अनलाइन, सामाजिक सञ्जालमार्फत प्रयत्नशील रहेको बताए ।
सञ्चार तथा सूचना प्रविधिको प्रयोग बिना गाउँपालिकाको समग्र विकासमा अगाडी बढ्न कठिन हुने भएकोले सूचना प्रविधिको प्रयोगका विषयमा वडास्तरमा समेत सचेतना कार्यक्रम गर्ने प्रमुख प्रशासकीय अधिकृत शाहीले जानकारी दिए । अधिकाँशतयः ग्रामीण वस्ती भएकोले इन्टरनेटको पहुँच कम रहेको छ ।
गाउँपालिकाका छ वटै वडामा इन्टरनेट जडान भईसकेकोले विस्तारै गाउँ–गाउँसम्म यसलाई विस्तार गरिने योजना रहेको उनले उल्लेख गरे । कार्यक्रममा कम्प्युटर एशोसिएसन क्यान महासंघ प्रदेश ५ का अध्यक्ष धु्रवराज शर्मा सुदिप, जिल्ला अध्यक्ष भोजराज तिमिल्सिनाले सूचना प्रविधिका वारेमा जानकारी गराएका थिए ।

Next Post

नेपाल आईस आन फुटसल सोमबारदेखि, ३२ टिम ८ समूहमा भिड्दै

१९ बैशाख २०७६, बिहीबार १८:२०
सदरलाइनडटकम, काठमाडौं  :  नेपाल विज्ञापन संघ आनको आयोजनामा आगामी सोमबारदेखि दोस्रो ‘नेपाल आईस आन फुटसल टुर्नामेन्ट’ आयोजना हुने भएको छ ।  प्रतियोगितामा नेपालका व्यवसायिक प्रतिष्ठान, संचारगृह र विज्ञापन एजेन्सीका गरि ३२ टिमले सहभागीता जनाउने आयोजकले जनाएको छ । सानेपाको फिल्ड फुटसलमा आयोजना हुन लागेको यस प्रतियोगिताको विहीबार ‘टाई सिट’ पनि […]

सम्बन्धित