बाँकेमा थपिए ८ सय ४३ संक्रमित

सदरलाइन संवाददाता २७ बैशाख २०७८, सोमबार १८:२०
 

नेपालगञ्ज  : बाँकेमा सोमवार पनि ठूलो संख्यामा कोरोनाका बिरामी थपिएका छन् । जिल्लाका तीनवटा प्रयोगशालामा एक हजार एक सय सात नमुना परीक्षण गर्दा ८ सय ४३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा भेरी अस्पतालको पीसीआर ल्याबमा ४ सय २२ नमुना परिक्षण गर्दा ३ सय ५३ जना, कोहलपुर शिक्षण अस्पतालको ल्याबमा ४ सय ३१ नमुना परिक्षण गर्दा ३ सय ३० र बागेश्वरी ल्याबमा २ सय ५४ नमुना परिक्षण गर्दा १ सय ६० जना गरि कुल ८ सय ४३ संक्रमित थपिएका हुन् ।


यो संगै बाँकेमा संक्रमीत संख्या १३ हजार ५ सय ४४ पुगेको छ । बाँकेमा सोमवार ४ सय ६८ जना डिस्चार्ज भएका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज–१८ का जनप्रतिनिधि चिकित्सकसहितको सेवा लिएर संक्रमितको घरघरमा

२७ बैशाख २०७८, सोमबार १८:२०
नेपालगञ्ज : कोरोनाको ईपिसेन्टर बनेको नेपालगञ्ज उप–महानगरपालिकामा यतिबेला जनप्रतिनिधि चिकित्सकसहितको सेवा लिएर संक्रमितको घर लिएर संक्रमितको घरघरमा पुग् थालेका छन् । यसक्रममा वडा नम्बर १८ ले कोभिड संक्रमण भई घरमै आईसोलेसनमा बसेकाहरुका लागि सोमबारदेखि चिकित्सकसहितको स्वास्थ्य सेवा उपलब्ध गराउन सुरु गरेको हो । वडा अध्यक्ष दिपक वर्माको नेतृत्वमा डा. सुबास […]