साउन १ गते ई–रिक्सामा पुगे मेयर विष्ट

सदरलाइन संवाददाता १ श्रावण २०७९, आईतवार १५:३६
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट आईतबार उपमहानगरपालिकाको कार्यालयबाट करिब ६ किलोमिटरको दुरीमा रहेको विमानस्थलबाट विद्युतीय अटो रिक्सामा फर्के । आईतबार उनी कार्यालयमा समेत विद्युतीय अटो रिक्सा र पैदलै पुगे ।

इन्धन खर्चमा मितब्ययिता कायम गर्ने उद्देश्यले नगर प्रमुख विष्ट आईतबार विद्युतीय अटो रिक्सा र पैदलै विभिन्न स्थानमा पुगेका हुन् । नगर प्रमुख विष्टले एक दिन भएपनि इन्धन खर्चमा कमी ल्याउने उद्देश्यले हरेक महिनाको १ गते अत्यावश्यक बाहेक इन्धन प्रयोग हुने सवारी साधन प्रयोग नगर्न सम्पूर्ण नगरबासीमा समेत आग्रह गरे ।


नेपालगञ्जको बार्षिक नीति तथा कार्यक्रममा हरेक महिनाको १ गते जन प्रतिनिधी र कर्मचारीले इन्धन प्रयोग हुने सवारी साधन प्रयोग गरिनछैन भन्ने उल्लेख छ । नगरसभाको निर्णयपछि पहिलो १ गते आईतबार सो निर्णय कार्यान्वयन गर्दै नगर प्रमुख विष्टले इन्धन प्रयोग हुने सवारी साधन प्रयोग नगरेका हुन् ।

महिनामा १ दिन भएपनि अत्यावश्यक बाहेक सवारी साधनको प्रयोग नगर्ने हो भनेपनि इन्धन बचत गर्न सकिने भन्दै नगर प्रमुख विष्टले आम नागरिकमा उपमहानगरपालिकाको निर्णयमा साथ दिन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जमुनाहा नाकाबाट ब्राउन सुगरसहित तीन पक्राउ

१ श्रावण २०७९, आईतवार १५:३६
नेपालगञ्ज : नेपालगञ्जको जमुनाहाबाट लागुऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१४ बस्ने ५५ वर्षीय अञ्जन खाँ, वडा नम्वर १६ बस्ने २६ वर्षीय दिलदार अन्सारी र २८ वर्षीय इरफान जोलाह रहेको प्रहरीले जनाएको छ । खाँले अन्सारी र जोलाहलाई लागुऔषध विक्रीवितरण गरिरहेको भन्ने विशेष सूचना […]