कोरोना संक्रमित महिलाको मृत्यु

सदरलाइन संवाददाता ९ बैशाख २०७८, बिहीबार ११:१२
 


नेपालगञ्ज :  बाँकेमा बिहीबार कोरोना संक्रमित जेष्ठ नागरिक महिलाको उपचारको क्रममा ज्यान गएको छ । जिल्लामा कोरोना संक्रमण हुने दर बढेसङ्गै संक्रमितको मृत्यु दर पनि बढ्दो क्रममा रहेको छ ।

बिहीबार बिहान नेपालगञ्ज उपमहानगरपालिका–१७ का ८६ वर्षिया जेष्ठ नागरिक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।


स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा बैशाख ७ गते भर्ना भएको, ७ गते नै पिसिआर जाँच गरिएको र ८ गते आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

उपचारकै क्रममा बिहिबार बिहान २ः१५ बजे उनको मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिए । मृतकको शव व्यवस्थापनका लागि नेपाली सेना, परिवारका सदस्य तथा डिसिसीएमसीबाट पहल भएको छ । बाँकेमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लकडाउनको पहिलोदिन नेपालगञ्ज (फोटो कथा)

९ बैशाख २०७८, बिहीबार ११:१२
नेपालगञ्ज :  बाँकेमा कोरोना संक्रमण हुने दर बढेसङ्गै आव्हान गरिएको नेपालगञ्ज लकडाउनको पहिलो दिनमा बजार पूर्ण रुपले बन्द गरिएका छन् । बन्दका कारण नेपालगन्ज बजार सुनसान छ । नेपालगञ्जका विभिन्न चोक तथा सडकहरुमा अत्यावश्यक सेवाका लागि मानिसहरुको हिडडुल रहेको छ । विहान भारतका विभिन्न स्थानबाट आउनहरुलाई जमुनाहबाट नगरबसमा बसालेर सिधै […]