जमुनाहा नाकाबाट ब्राउन सुगरसहित तीन पक्राउ

सदरलाइन संवाददाता १ श्रावण २०७९, आईतवार १५:४४
 

नेपालगञ्ज : नेपालगञ्जको जमुनाहाबाट लागुऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१४ बस्ने ५५ वर्षीय अञ्जन खाँ, वडा नम्वर १६ बस्ने २६ वर्षीय दिलदार अन्सारी र २८ वर्षीय इरफान जोलाह रहेको प्रहरीले जनाएको छ ।

खाँले अन्सारी र जोलाहलाई लागुऔषध विक्रीवितरण गरिरहेको भन्ने विशेष सूचना प्राप्त भएपछि सीमा प्रहरी चौकीका इन्चार्ज राजेन्द्र सिंह पुजाराको कमाण्डमा खटिएको प्रहरीको टोली र लागु औषध व्यूरोको टोलीले जाँच गरेको थियो ।


त्यसक्रममा उनीहरुको साथबाट १ ग्राम ८ सय मिलि ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा बालिका बलात्कारको आरोपमा रजाली पक्राउ

१ श्रावण २०७९, आईतवार १५:४४
बर्दिया : बर्दियामा ६ वर्षीया बालिका बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरीले मधुवन नगरपालिका–६ गाँउ नम्बर २ श्रीनगर बस्ने २६ वर्षीय मान बहादुर रजालीलाई पक्राउ गरेको हो । गोठको पछाडि लगेर रजालीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले उनलाई […]