नेपालगञ्ज : बाँके प्रहरीले २ सय ८१ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । अदालतले जरिवाना र कैद सजाय तोकेका फरार अभियुक्तलाई प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।
गत साउनदेखि यो असार महिनासम्ममा २ सय ८१ जना फरार अभियुक्तलाई पक्राउ गरिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
![](https://sadarline.com/wp-content/uploads/2023/06/355735841_163168713323414_6806641009584846467_n.jpg)
![](https://sadarline.com/wp-content/uploads/2024/10/01-Dhara-gif-1140-x-90-1.gif)
पक्राउ परेका अभियुक्तबाट ५६ लाख ५३ हजार ८ सय ३५ रुपैया जरिवाना र एक सय ३४ वर्ष २ महिना १४ दिन कैद असुल गरिएको छ । फरार अभियुक्त नियन्त्रण गर्नेमा बाँके प्रहरी लुम्बिनी प्रदेशमै अगाडि रहेको छ ।