चिसो बढ्दै गएपछि डुडुवा र नेपालगञ्जका विद्यालयमा पुनः जाडो विदा

सदरलाइन संवाददाता १४ माघ २०८०, आईतवार १४:३०
 

नेपालगञ्ज : निरन्तर शीतलहर चलेर चिसो अत्याधिक बढेपछि नेपालगञ्जका विद्यालयरुमा पुनः जाडो विदा दिइएको छ ।

अत्याधिक जाडो तथा शीतलहरको प्रकोपले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएपछि माघ १५ र १६ गते दुई दिन नेपालगञ्ज उपमहानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण सामुदायिक, धार्मिक र संस्थागत विद्यालयहरुमा जाडो विदा दिइएको शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताए ।


यसअघि माघ ४ गतेदेखि ८ गतेसम्म पनि विद्यालयहरुमा जाडो विदा दिइएको थियो । तर, मौसममा सुधार नभएपछि फेरि विदा दिइएको छ ।

यस्तै डुडुवा गाउँपालिकाले पनि माघ १४ र १५ गते पुनः जाडोको विदा दिइएको जनाएको छ । बाँकेमा एक महिनादेखि निरन्तर शीतलहर चलेपछि जनजीवन नराम्ररी प्रभावित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भिजिबिलिटी बढेसँगै नेपालगञ्जबाट उडान सुचारु

१४ माघ २०८०, आईतवार १४:३०
नेपालगञ्ज : बाक्लो हुस्सुका कारण बाँकेस्थित नेपालगञ्ज विमानस्थल दुई दिनपछि खुलेको छ । शनिवार बिहानदेखि नेपालगञ्जमा लागेको बाक्लो हुस्सु र कुहिरोले गर्दा बन्द रहेको नेपालगञ्ज विमानस्थलमा हुस्सु र कुहिरो हटेपछि उडान सुचारु भएको हो । नेपालगञ्जबाट उडान हुने हिमाली जिल्ला सहित काठमाडौं र पोखराका सबै उडान शनिवार बिहानदेखि प्रभावित बनेको […]