खेल शिक्षकलाई प्रशिक्षण दिँदै खजुरा

१२ पुष २०७६, शनिबार १५:५३
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : खजुरा गाउँपालिका क्षेत्रभित्रका विभिन्न विद्यालयका खेल शिक्षकलाई प्रशिक्षण दिन शुरु गरिएको छ । खजुरा गाउँपालिका शिक्षा समितिको आयोजनामा उनीहरुलाई सैद्धान्तिक, व्यवहारिक र प्राविधिक सीप सिकाइने बताइएको छ ।
ज्ञानोदय नमूना मावि खजुरामा शनिवारदेखि शुरु भएको खेल शिक्षक प्रशिक्षण कार्यक्रमको खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले उद्घाटन गर्दै खजुरा क्षेत्रभित्र उत्पादन हुने खेलाडी खजुराको गहना भएको बताए । उनले आउँदै गरेको रनिङ शिल्डले पनि थुप्रै खेल प्रतिभा जन्माउने बताउँदै खेलमा अनुशासन, नियममा रहेर खेल्न सके यसले सार्थकता पाउने बताए ।
कार्यक्रममा उपाध्यक्ष एकमाया विकले खजुरामा पुस २५ गतेदेखि हुने मेयर रनिङ शिल्ड प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरी अरुलाई त्यो सफलता प्रेरणादायी हुनु पर्ने बताइन् । खजुरा गाउँपालिका राजनीतिक सल्लाहकार भीम ओलीले खेलमा प्राविधिक कुरा महत्वपूर्ण हुने भन्दै त्यो खेल शिक्षक र खेलाडीले बुझ्न जरुरी रहेकाले पनि शिक्षकलाई प्रशिक्षण दिन लागेको बताए ।
अन्तर विद्यालय दोस्रो मयेर रनिङ शिल्ड प्रतियोगिता सचिवालय संयोजक यमनाराण महतोले खेलका नियम थाहा नपाउँदा बेलाबेलामा समस्या आउने गरेको भन्दै प्राविधिक, सैद्धान्तिक र व्यवहारिक ज्ञान सीप प्रदान गर्ने उद्देश्यले खेल शिक्षकलाई ३ दिने प्रशिक्षण राखिएको जानकारी दिए । खेल शिक्षक शरण सापकोटा, बुद्धिराम महतो, खेल प्रशिक्षक विक्रम थापा, लालबहादुर मल्ल र जनक केसीले उनीहरुलाई प्रशिक्षण दिने जनाइएको छ ।

Next Post

पीपीएल उपाधि माथि चितवनको कब्जा

१२ पुष २०७६, शनिबार १५:५३
सदरलाइनडटकम, पोखरा : दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टि–२० क्रिकेटको उपाधि चितवन राइनोजले जितेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शनिवार सम्पन्न फाइनल खेलमा विराटनगर टाइटन्सलाई ३२ रनले हराउँदै चितवनले उपाधि हात पारेको हो । उपाधिसँगै चितवनले २७ लाख नगद राशी पाउने छ । उपविजेता विराटनगरले १० लाख […]