भागरथीका हत्याआरोपी पक्राउ, बुधवार सार्वजनिक गरिँदै

सदरलाइन संवाददाता ५ फाल्गुन २०७७, बुधबार ०९:५५
 

नेपालगञ्ज : बैतडीेको दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपी पक्राउ परेका छन् । गत माघ २१ गते विद्यालयबाट घर फर्कँदै गरेकी भट्टको बलात्कार तथा हत्याको १३ दिनपछि प्रहरीले आरोपीलाई पक्राउ गरी बुधवार सार्वजनिक गर्दैछ ।

भागरथीको हत्या उनी पढ्ने विद्यालय सनातन धर्म माध्यमिक विद्यालयमै कक्षा ११ मा अध्ययनरत युवकले गरेको प्रहरीले जनाएको छ । उनी भागरथीका छिमेकी समेत हुन् । उनले वलात्कार र हत्या गरेको स्वीकारेको प्रहरीले बताएको छ ।

माघ २१ गते बलात्कार र हत्या भएपनि त्यसको भोलिपल्ट साँझ ५ बजे मात्रै लवलेक जङ्गलको बाटो भन्दा करिब ७० मिटर तल बनमाराको भागरथीको शव फेला परेको थियो । आरोपी युवाले सुरुमा भागरथीलाई सानो भीरबाट लडाइदिएको र घाइते अवस्थामा बलात्कार गरेको बयान दिएको प्रहरी स्रोतले बताएको छ ।


भागरथीको बलात्कार पछि घाँटी थिचेर हत्या गरेको पोस्टमार्टम रिपोर्टले समेत पुष्टि गरिसकेको छ । सुदूरपश्चिम प्रहरीका प्रवक्ता एसएसपी मुकेश सिंहले पक्राउ परेका आरोपीले घटना स्वीकार गरिसकेको बताउनुभएको छ ।

घटना भएको पहिलो दिन देखि नै उनी शंकाको घेरामा थिए । प्रहरीले अभियुक्तलाई उनकै घरबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेको आरोपीले बदला लिन यो घटना गराएको प्रहरीलाई बताएका छन् ।

‘बाबुको पालाको बदला लिन भागरथीका बलात्कार गरेको बयान आरोपीले दिएका छन्,’ अनुसन्धानमा आबद्ध एक अधिकृतले भने, ‘छिमेकी दुई परिवार बिचमा पुरानो रिसइबी देखिन्छ ।’ अन्य प्रमाणले पनि उनको संलग्नता पुष्टि भएको प्रहरीको दाबी छ । भागरथीको बलात्कारपछि हत्या भएको विरोधमा स्थानीय विद्यार्थीले गरेको प्रदर्शनमा आरोपी पनि सहभागी हुँदै आएका थिए ।

Next Post

गुल्मीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

५ फाल्गुन २०७७, बुधबार ०९:५५
गुल्मी : गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै र २ जनाको जिल्ला अस्पताल गुल्मीमा उपचार क्रममा मृत्यु भएको छ । सदरमुकाम तम्घासदेखि रेसुंगा नगरपालिका–१४ को पराल्मी जाँदै गरेको लु१ज १९८८ नम्बरको जिप बुधवार बेलुकी रातामाटामा दुर्घटना हुँदा रेसुंगा नगरपालिका वडा नम्बर १४ का ४७ वर्षका एकराज पोखरेलको घटनास्थलमै मृत्यु […]