सदरलाइनडटकम
१ चैत, नेपालगन्ज : २० वर्ष पुराना सवारी साधन प्रतिबन्ध गरेपछि ट्राफिक प्रहरीले बिहिवार कोहलपुरको चप्परगौडीबाट दुईवटा ट्रक बरामद गरेको छ । निकै पुरानो अवस्थाका ती ट्रकहरु बरामद गरी यातायात व्यवस्था कार्यालय भेरीको जिम्मा लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक होम थापाले जानकारी दिए ।
उनका अनुसार चैत्र १ गतेबाट २० वर्ष पुराना सवारीसाधन चलाउन प्रतिबन्ध लगाएपछि बांकेमा पनि निगरानी सुरु गरिएको छ । यातायात व्यवस्था कार्यालय भेरीसंग समन्वय गरे सबैतिर निगरानी बढाइएको थापाले बताए । सरकारी निर्देशन प्राप्त हुनासाथ कारवाही शुरु भएको उनले उल्लेख गरेका छन् ।
प्रदुषण हुने भएका कारण सरकारले यस्ता गाडीहरु चल्न प्रतिबन्ध लगाएको हो । बांकेमा यस्ता सवारीसाधनहरु कति छन् भन्ने थाहा नभएपनि भित्रि बाटोमा यस्ता सवारीसाधन चलाइएको अनुमान छ ।
