कोरोनाबाट बाँकेमा तीन जनाको मृत्यु

सदरलाइन संवाददाता १५ पुष २०७७, बुधबार १५:२६
 

नेपालगञ्ज : कोरोनाबाट बाँकेमा तीन जनाको मृत्यु भएको छ । बाँकेका दुई र बर्दियाका एक जनाको मृत्यु भएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० का ६६ बर्षीय पुरुष, कोहलपुर नगरपालिका वडा नम्बर २ का ७३ बर्षीय पुरुष र ठाकुरबाबा ९ बर्दियाकी ८५ बर्षीया महिलाको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए । उनीहरुमध्ये दुई जनाको मंगलवार राती र एक जनाको बुधवार विहान मृत्यु भएको हो ।


योसंगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय २२ पुगेको छ । तीमध्ये ४५ जना बाँकेका र ७७ जना जिल्ला बाहिरका छन् ।

Next Post

नेपालगञ्जमा वडा कार्यालय भवनको शिलान्यास

१५ पुष २०७७, बुधबार १५:२६
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ को दैलेखी बंगलामा वडा कार्यालय भवन निर्माणको शिलान्यास गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा. धवलशम्शेर राणा, वडाध्यक्ष सुनिलसिंह हमाललगायतले बुधवार भूमिपुजनसहित शिलान्यास गरे । सो अवसरमा मेयर राणाले ६ महिनाभित्रै भवन निर्माण सक्ने गरि काम गर्न उपभोक्ता समितिलाई आग्रह गरे । उनले […]