दशौ महाधिवेशनबाट एमालेमा बाँकेका ५ जना केन्द्रीय सदस्य

सदरलाइन संवाददाता १३ मंसिर २०७८, सोमबार १२:२४
 

नेपालगञ्ज :  चितवनको सौराहमा जारी नेकपा एमालेको १० औ महाधिवेशनबाट केन्द्रीय कमिटीमा बाँकेबाट ५ जना चयन भएका छन् । निवर्तमान केन्द्रीय कमिटीका सदस्य मोहम्मद हारुन, महिला नेतृ शान्ति ढकाल र दिपा शर्मा, पुर्व जिल्ला अध्यक्ष सुर्य ढकाल र पशुपति दयाल मिश्र एमालेको केन्द्रीय कमिटीमा चयन भएका हुन ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आईतबार राती ३०१ सदस्यीय केन्द्रीय कमिटीको बन्दसत्रमा घोषणा गरेका थिए । विद्यार्थी राजनीति हुँदै एमालेको राजनीतिमा सक्रिय हारुन नेपालगञ्जका स्थापित नेता हुन । लोकतान्त्रिक मधेसी संगठन र मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय नेतृत्वमा रहेका हारुन लगातार दोश्रो पटक केन्द्रीय कमिटीमा चयन भएका हुन ।

विद्यार्थी र युवा संघको राजनीति हुँदै एमालेमा सक्रिय ढकाल, पुस ५ पछि नेकपा एमाले बाँकेको अध्यक्षको भुमिकामा रहेका थिए । हाल प्रदेश कमिटी सदस्य रहेका ढकाल सक्रिय युवा नेताको रुपमा परिचित छन । उनी अध्यक्ष रहेको बेलामा पार्टीलाई चलयमान राख्न विभिन्न गतिविधि सञ्चालन गरेका थिए ।

महिला नेतृ ढकाल एमालेको पुरानो नेता हुन । तत्कालिन भेरी अञ्चल कमिटी हुँदै एमालेको प्रदेश कमिटी सदस्य ढकाल अनेमसंघ र किसान महासंघको राजनीतिमा समेत सक्रिय छन । ९ औ महाधिवेशनमा अत्यन्तै थोरै मतले केन्द्रीय सदस्यमा पराजित भएकी नेतृ ढकाल यो पटक समेटिएकी छन ।


विद्यार्थी राजनीतिबाट एमालेको राजनीतिमा सक्रिय शर्मा यसअघि पार्टीको प्रदेश कमिटी सदस्य हुन । अनेरास्ववियुको केन्द्रीय राजनीति हुँदै युवा महिला संघको अध्यक्ष शर्मा २०६२।६३ को जनआन्दोलनमा अनेरास्ववियुबाट सक्रिय थिईन ।

हालैमात्र एमाले प्रवेश गरेका मिश्रा बाँकेमा स्थापित राजनीतिककर्मी हुन । जिविस बाँकेका पुर्व सभापति भईसकेका मिश्र बाँकेमा सामाजिक आन्दोलनको समेत अगुवा हुन । उनी २०७४ को आम निर्वाचनमा स्वतन्त्र राजनीतिक समुहको प्रतिनिधित्व गर्दै सूर्य चुनाव चिन्ह लिएर बाँके निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचन लडेका थिए ।

यस अघि वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल, उप–महासचिवमा पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली, विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष, उपाध्यक्ष र सचिवमा भने निर्वाचन हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा कोरोनाका पाँच संक्रमित थपिए

१३ मंसिर २०७८, सोमबार १२:२४
नेपालगञ्ज : बाँकेमा सोमवार थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ६२ नमुना परीक्षण गर्दा थप ५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ३६ नमुना परीक्षण गर्दा २ र मेडिकल कलेज कोहलपुरमा १८ नमुना परीक्षण गर्दा ३ जनामा भाइरस संक्रमण […]