बढीको दाउरा संकलन गरी चुलो बाल्नेहरुको कथा

लक्ष्मी तिमिल्सेना १० कार्तिक २०७८, बुधबार १२:५०
 

डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिका वडानं. ३ हल्कारापुरका ६८ वर्षिय चेतराम यादव आधा शरिर पानीमा डुवाउदै हातमा लामो अंकुश लिएर उत्तरतर्फ हेरीरहेका छन् । उनले यसो गर्नुको कारण राप्ती नदीले बगाएर ल्याएको दाउरा फुत्केर नजावस भनेर हो ।

उनले अलिकती जोखिम मोलेर नदीमा बाढी आएको बेला संकलन गरेको काठ दाउराले घरको चुलो बल्ने गरेको बताए । बाँकेमा राप्ती नदी किनारमै रहेको हल्कारापुर गाउँका स्थानीयले नदीमा बाढी आएकै बेलामा आफ्नो ज्यान जोखिममा पारेर दाउरा संकलन गर्ने गरेका छन् ।

उनले भने–‘ घर नजिक जंगल छैन । गोबर गुईठा मात्र बाल्दा धुवाँले बस्न सकिदैन । त्यसैले उपाए भनेको नदीमा बाढी आएको बेलामा मात्र हो बर्षभरी बाल्नको लागि पुग्ने दाउरा संकलन गर्ने त्यो, पनि कहिले नदीले धेरै बगाएर ल्याउछ कहिले त त्यत्तिकै फर्कनु पर्छ ।’ उनी अलिकती असावधानी भए आफु डुबेर बग्छु भन्ने पनि थाहा छ । तर, पनि ज्यानको जोखिम मोलेर भए पनि चुलो बाल्नको लागि जोहो गर्नै पर्ने बाध्यता रहेको बताउछन ।

डुडुवा र राप्ती सोनारी गाउपालिकाको सिमानामा रहेको राप्ती नदीमा बाढीले बगाएर ल्याएको काठ दाउरा संकलन गर्नेहरुले आफ्नो ज्यान जोखिममा राखेर आवश्यक पर्ने काठ दाउरा संकलन गर्नेगरेका छन् । हुलाकी सडकमा बनाईएको पक्की पुल मुन्तिर बसेर दाउरा संकलन गर्नेहरुको उमेर समूह हेर्दा ९ वर्षको बालकदेखि ६८ वर्षसम्मका बृद्धले आफ्नो ज्यानै जोखिममा राखेर नदीकोे उर्लदो भेलले बगाएर ल्याएको काठ दाउरा संकलन गरि रहेको छन् ।

उमेरले ६८ औ बसन्त पार गरेका डुडुवा गाउपालिका–३ हल्कारापुरका चेतरामसंगै दाउरा निकाल्न आएका ९ वर्षिय मुकेश यादव पनि घरमा बाल्ने दाउरा संकलन गर्न नदीको तटमा पुगेका छन् । हातमा लामो अंकुश भएको काठ बोकेका उनलाई बाढीमा बग्छुकी भन्ने त्रास पनि छैन । हल्कारापुर कै १४ वर्षिया संगिता यादव पनि आफ्ना दाजुसंग दाउरा संकलन गर्न राप्ती तट मै पुगेकी छन् ।

सोही स्थानमा सामान्य अवस्थामा नदी हुँदा गत भदौ २३ गते नेपालगञ्ज भृकुटी नगरका सरोज चन्द खसेर बेपत्ता भए । उनको शव समेत परिवारले भेट्टाएन । तर, मुकेश, चेतराम, संगितालाई भने आफ्नो ज्यानको भन्दा पनि घरमा चुलो बाल्ने दाउरा कसरी धेरै संकलन गर्ने भन्ने चिन्ता छ ।


स्थानीय सरकारले उनीहरु जस्ताको सुरक्षाको लागि लाईफ ज्याकेट लगायतको व्यवस्था गर्नसके जोखिम कम हुने भएकोले यसतर्फ सोच्न आवश्यक छ ।

 

राप्तीनदीमा बाढी आउँदा ज्यान जोखिममा राखेर दाउरा निकाल्नेको कथा
भिडियोको लागि यहाँ क्लिक गर्नुहोस …

https://fb.watch/8V50lousXf/

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आर्थिक अवस्था कमजोर भएका कराते र तेक्वान्दोका खेलाडिलाई सुमनको खेलपोषाक सहयोग

१० कार्तिक २०७८, बुधबार १२:५०
काठमाडौं : आर्थिक अवस्था कमजोर भएका खेलाडीलाई वितरण गर्ने गरी कराते खेलाडी सुमन तिमल्सिनाले दुई खेल संस्थालाई खेल पोशाक बुधबार सहयोग स्वरुप खेल पोषाक उपलब्ध गराएका छन् । करिब ६० हजार मुल्य बराबरको कराते र तेक्वान्दो खेलको पोशाक सुमनले संस्थालाई वितरण गरेका हुन् । नेपाल गोजुरियो कराते डो संघलाई २४ […]