पन्ध्र दिने आधारभूत पत्रकारिता तालिम शुरु

सदरलाइन संवाददाता १५ चैत्र २०७८, मंगलवार १४:१८
 

नेपालगञ्ज : नेपालगञ्जमा १५ दिने आधारभूत पत्रकारिता तालिम मंगलवारदेखि शुरु भएको छ । नेपाल पत्रकार महासंघ बाँकेको आयोजनामा शुरु भएको तालिमको मंगलवार एक औपचारिक समारोहका बीच उदघाटन गरिएको छ ।

तालिमको नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष प्रमोद रिजालले उदघाटन गरे ।


उपमहानगरपालिकाको सहयोगमा शुरु भएको तालिमको उदघाटन समारोहमा बोल्दै वडाध्यक्ष रिजालले पत्रकारिताले समाजको विकासमा तीब्र सहयोग पुग्ने बताए । उनले पत्रकारिता तेस्रो आँखाका रुपमा रहेको र समाजको वास्तविक सत्यतथ्यलाई उजागर गर्ने यसको मुल मर्म भएकोले विशेष गरी यसतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए ।

महासंघ बाँकेकी उपाध्यक्ष करुणा शाहको अध्यक्षतामा भएको उदघाटन शत्रमा पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाईं, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाया, प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्टप्रसाद धितालको उपस्थिती रहेको महासंघ बाँकेका सचिव कमल डाँगीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अनेरास्ववियुद्वारा सरसफाई

१५ चैत्र २०७८, मंगलवार १४:१८
नेपालगञ्ज : अनेरास्ववियु बागेश्वरी बहुमुखी क्याम्पस कमिटीले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार अनेरास्ववियु बागेश्वरी क्याम्पस कमिटीले एक कार्यक्रम आयोजना गरी सोही क्याम्पसमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो । सो कार्यक्रममा अनेरास्ववियु केन्द्रिय सचिब सुर्य रोकायको प्रमुख अतिथिमा केन्द्रिय सदस्य सुमन घिमिरे, जिल्ला उपाध्यक्ष बिकल भट्टराई, पुर्ब केन्द्रिय सदस्य […]