स्थानीय आर्थिक विकास परियोजना कार्यान्वयनमा जोड

६ आश्विन २०७६, सोमबार १८:४३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : स्थानीय तथा प्रादेशिक आर्थिक विकास परियोजनाको कार्यान्वयनका लागि सरोकारवालहरु बीच सोमवार नेपालगञ्जमा अन्तरक्रिया गरिएको छ । जर्मन विकास नियोग (जिआईजेड)ले नेपालगञ्ज उपमहानगरपालिकामा संचालन गर्न लागेको कार्यक्रमको बारेमा जानकारी दिने उद्धेश्यले कार्यक्रम गरिएको हो ।
कार्यक्रम सन २०१९ को जुन १ देखि सुरु भई २०२२ को मे १ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले उपमहानगरपालिकाले उद्योग ब्यापार, शिक्षा, स्वास्थ्य र पर्यटन गरि चारक्षेत्रमा विशेष प्राथमिकता दिएको भन्दै नयाँ कार्यक्रमले गाउँ र शहरलाई जोड्ने बताए । प्रदेशसभा सदस्य तथा नेकपा बाँकेका अध्यक्ष आईपी खरेलले सरकार र जनताको आवश्यकता अनुसार दातृ निकायका कार्यक्रम संचालन हुनुपर्नेमा जोड दिए ।
उनले विकासको काममा विरोध भन्दा पनि सामुहिक सहयोग आवश्यक पर्ने बताए । जिआईजेडका प्रमुख प्राविधिक सल्लाहकार भोल्केव स्टाइजरवडले यो कार्यक्रमले नेपालगञ्ज उपमहानगरपालिकाले लाभ लिनसक्ने जानकारी दिए । उपमहानगरपालिकाले कार्यक्रम सञ्चालनका लागि प्राथमिकता तोकेपछि जिआईजेडले कार्यक्रम र वजेटबाट निर्णय गर्नेछ ।
कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, जिआईजेडका रोशन श्रेष्ठ, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदी, होटल ब्यवसायी संघ नेपालगञ्जका अध्यक्ष भिमलाल कँडेल, नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापा, सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशीलगायतले कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गरे ।

Next Post

सीगाउ नजिक किरणनालामा पुरुषको शव भेटियो

६ आश्विन २०७६, सोमबार १८:४३
सदरलाइनडटकम, नेपालगञ्ज   : बाँकेको खजुरा गाउपालिका–२ सीगाउ नजिक किरणनाला पुल नजिकैको तलाउमा पुरुषको शव भेटिएको छ । किरणनालाको पुलदेखि केही पूर्व रहेको सो तलाउमा डुवेर मृत अवस्थामा शव भेटिएको सो वडा कार्यालयका वडा सचिव तारा प्रसाद अधिकारीले जानकारी दिए । उनले दिएको जानकारी अनुसार अन्दाजी २५–२६ वर्षको कालो बर्णको जस्तो […]