सुबेदीको थारु म्यूजिक भिडियो बजारमा आउँदै

२२ मंसिर २०७६, आईतवार १८:२५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : पछिल्लो समय म्यूजिक भिडियोमा जम्दै आएका नेपालगञ्ज निवासी नवराज सुबेदीको निर्देशनमा अर्को (हेल्का बुलाइलु गुलुवा मे) थारु भाषाको म्यूजिक भिडियोको छायाँकन सकिएको छ ।
बर्दियाको बढैयाताल गाउँपालिकास्थित पर्यटकीयस्थलमा म्यूजिक भिडियोका छायाँकन सकिएको हो । थारु गीतमा जमेका मोडल देवदास र नव कलाकारका रुपमा नबिना थारु अभिनित सो गीतमा गायक तथा संगितकार सिएल शर्माको शब्द संगित रहेको छ । गीतको छायांकन आर के सीका प्रबन्ध निर्देशक रामु चौधरीले गरेका छन् ।



गीतको म्युजिक भिडियो केही दिनमा बजारमा आउने निर्देशक सुवेदीले जानकारी दिए । पछिल्लो सयम पश्चिम क्षेत्रमा बिभिन्न गीतहरुको छायाँकन बढेको छ । पश्चिम क्षेत्रमा रहेका पर्यटकिय क्षेत्रहरुनै अहिले म्युजिक भिडियो छायाँकन गर्ने थलो बनेको छ ।
त्यसमा खासगरी पश्चिमको बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चपुरलगायतका जिल्लामा धमाधम म्युजिक मिडियो छायाँकन भइरहेका छन् । थारु समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा थारु भाषासहित अन्य भाषाका गीतहरुको समेत छायाँकन भइरहेका हुन् ।

Next Post

नेपालगञ्ज जेसिजद्वारा सूचनामुलक बोर्ड स्थापना

२२ मंसिर २०७६, आईतवार १८:२५
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज जेसिजले नेपालगञ्जका दुई स्थानमा सूचनामुलक स्वागत बोर्ड राखेको छ । दुबै स्थानमा राखिएको बोर्डको आइतवार एक समारोहकाबीच अनावरण गरिएको छ । राँझा चोक र नेपालगञ्जको ट्राफिक चोकमा सो स्वागत बोर्ड राखिएको हो । स्वागत बोर्डलाई नेपालगञ्ज जेसिज वर्ष १९९५ का अध्यक्ष दमन कुमार श्रेष्ठले उद्घाटन गरे […]

सम्बन्धित