कैलपाल अस्पतालद्वारा भेरीलाई दियो २० थान गुणस्तरीय पिपिई

२५ चैत्र २०७६, मंगलवार २२:४०
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : नेपालगञ्जको कैलपाल हस्पिटल एण्ड कलेजले कोबिड–१९ नोबेल कोरोना भाईरसको संक्रमणका विरामीको उपचारमा संलग्न चिकित्सको सुरक्षाको लागि नेपालगञ्जको भेरी अस्तपाललाई विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई ) हस्तान्तरण गरेको छ ।

कलेजका प्रबन्ध निर्देशक सन्जय सिंहले कोरोना भाइरस कोभिड–१९ संक्रमणको उपचारमा पहिलो मोर्चामा लडिरहेका स्वास्थ्यकर्मीका लागि प्रयोगमा ल्याउनको लागि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापालाई २० थान पिपिई हस्तान्तरण गरे । पिपिई स्वास्थ्यकर्मीका लागि सुरक्षा कवच हो ।

कोरोना संक्रमणको जोखिम उच्च रहेको नेपालगञ्जकै स्वास्थ्य निकायमा यसको अभाव भइरहेको जनगुनासो आई रहेको बेला कैलपालले अस्पतालले यो महामारीबाट जोगिनको लागि आफ्नो सामाजिक उत्तरदायितव अन्तरगत भेरी अस्पताललाई सो सहयोग गरेको हो ।

प्रबन्ध निर्देशक सिंहले कोरोना बिरुद्ध उपचारमा संलग्न स्वास्थ्यकर्मीका लागि नभई नहुने साधनका रुपमा रहेको पिपिई सहयोग गरेको बताए । कैलपालले रु १ लाख ५० हजार मूल्य पर्ने पिपिई हस्तान्तरण गरेको हो ।


यो बिश्व स्वास्थ्य संंगठनबाट मान्यता प्राप्त छ भने यस्तो पिपिई बाँकेका स्वास्थ्य संस्थामा अभाव छ । पिपिई सहयोग प्रदान गरेकोमा भेरी अस्पतालका मेसु थापाले धन्यवाद दिदै यसले स्वास्थ्यकर्मीलाई हौसला थपेको बताए ।

कोरोना संक्रमितको संख्या बढेसँगै स्वास्थ्य क्षेत्रमा पिपिईको माग पनि बढेको छ । तर, नेपालमा संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहने चिकित्सक, नर्स र अन्य स्वास्थ्य सेवामा कार्यरत कर्मचारीका लागि पिपिई अभाव भइरहेको छ । संक्रमण फैलिन नदिन पिपिई अत्यावश्यक सामग्री हो ।

सामान्यतया बिरामीको हेरचाह गर्ने चिकित्सक, नर्सलगायत सामाजिक दूरी कायम गर्न नसक्ने व्यक्तिका लागि पिपिई अत्यावश्यक हुने अस्पतालका मेसु डा. थापाले जानकारी दिए ।

Next Post

लकडाउन उल्लंघन गर्नेलाई म्यान क्याचिङ्गस्टीकले समात्दै बाँके प्रहरी

२५ चैत्र २०७६, मंगलवार २२:४०
सदरलाइनडटकम, नेपालगञ्ज : कोरोना भाईरसको संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउन उल्लंघन गरी बाहिर निस्कनेलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गर्न इम्प्रोभाइज्ड म्यान क्याचर स्टिकको प्रयोग सुरु गरेको छ । लकडाउन उलङ्घन गर्नेको सँख्या बढ्दै गएपछि बाँके प्रहरी आफैले स्टिक निर्माण गरी प्रयोगमा ल्याएको पहिलो दिन मै २ महिला सहित ४८ […]