नेपालगञ्जमा ठुलो परिमाणमा अवैध छुर्पी बरामद

सदरलाइन संवाददाता २२ असार २०७९, बुधबार १३:३९
 

नेपालगञ्ज : सशस्त्र प्रहरीले ठुलो परिमाणमा भारतबाट ल्याउँदै गरिएको अवैध छुर्पी बरामद गरेको छ ।

सशस्त्र प्रहरीको नेपालगञ्ज भन्सारस्थित जमुनाह बिओपीबाट सशस्त्र प्रहरी निरीक्षक जिवनलाल बुढाको कमाण्डमा गएको टोलीले ठुलो परिमाणमा भारतबाट ल्याउँदै गरिएको छुर्पी बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक जनकराज बस्नेतले जानकारी दिएका छन् ।
नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी निरीक्षक बुढाको टोलीले नेपालगञ्ज १६ जयसपुर नाकाबाट मंगलबार दिउँसो भन्सार छली गरी ल्याइँदै गरेको २ लाख ९० हजार रुपैयाँ बराबरको अवैध छुर्पी बरामद गरेको बस्नेतले बताए ।


बरामद गरिएको सबै अवैध छुर्पीलाई आबश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पहिरोमा पुरिएर सुर्खेतमा एक जनाको मृत्यु

२२ असार २०७९, बुधबार १३:३९
सुर्खेत : सुर्खेतको पञ्चपुरी नगरपालिकामा सुख्खा पहिरोमा पुरिएर एक जनाको मुत्यु भएको छ । पञ्चपुरी नगरपालिका–७ डौरीखोला नजिक पहिरो जाँदा तुर्माखाँद गाउँपालिका–६ रानीवन अछामकी ७८ वर्षीया अमृता जैसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी सुरज कार्कीले जानकारी दिए । उनका अनुसार पहिरोमा सोही ठाउँकी ७२ वर्षीय रती […]