पहिरोमा पुरिएर सुर्खेतमा एक जनाको मृत्यु

सदरलाइन संवाददाता २२ असार २०७९, बुधबार १४:३८
 

सुर्खेत : सुर्खेतको पञ्चपुरी नगरपालिकामा सुख्खा पहिरोमा पुरिएर एक जनाको मुत्यु भएको छ ।

पञ्चपुरी नगरपालिका–७ डौरीखोला नजिक पहिरो जाँदा तुर्माखाँद गाउँपालिका–६ रानीवन अछामकी ७८ वर्षीया अमृता जैसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी सुरज कार्कीले जानकारी दिए ।


उनका अनुसार पहिरोमा सोही ठाउँकी ७२ वर्षीय रती कामी घाइते भएकी छिन् । घाइते कामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरि कर्णाली प्रदेश अस्पताल कालागाउँ ल्याइएको छ । जैसी र विक अछामबाट कैलाली जानका लागि बाटोमा हिँडिरहेका बेला पहिरो खसेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बकर ईदका अवसरमा देशैभर सार्वजनिक बिदा

२२ असार २०७९, बुधबार १४:३८
नेपालगञ्ज : सरकारले आइतवार देशैभर सार्वजनिक बिदा दिने भएको छ । २६ गते आइतवार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईदको दिन सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । यो वर्षमा हरेक वर्ष बिदा दिइँदै आएको र यो वर्ष पनि मुस्लिम आयोगको अनुरोध अनुसार बिदा दिइएको गृहका प्रवक्ता फणिन्द्रमणि […]

सम्बन्धित