‘डब्लुडब्लुजे’ बाँके मार्फत पत्रकार महिलालाई पूर्वमन्त्री राईद्वारा राहत

११ असार २०७७, बिहीबार १४:५९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : क्रियाशील पत्रकार महिला डब्लुडब्लुजे बाँकले विभिन्न जिल्लाबाट बाँकेमा आई पत्रकारिता गरिरहेका भाडामा बस्ने पत्रकार महिलाहरुलाई दैनिक उपभोग्य खाद्य सामग्री र एन ९५ माक्स वितरण गरेको छ ।

बाँके निर्बाचन क्षेत्र नं. २ का सांसद तथा पूर्वमन्त्री मोहम्मद इस्तीयाक राईको सहयोगमा सो राहत वितरण गरिएको क्रियाशिल पत्रकार महिला डब्लुडब्लुजे बाँकका अध्यक्ष अमृता केसीले जानकारी दिईन ।

कोबिड–१९को महामारीमा क्रियाशिल पत्रकार महिला बाँकेले जिल्लामा भाडामा बसेर सक्रिय रुपमा पत्रकारिता गरीरहेका पत्रकार महिलाहरुलाई खाद्यान्न सामाग्री वितरण गरेको हो ।

पुर्व शहरी विकास मन्त्री राईको सहयोगमा जिल्लामा क्रियाशिल रुपमा काम गरीरहेका १० जना पत्रकार महिलाहरुलाई राहत स्वरुप चामल, दाल, नुन, तेल लगायतका खाद्य सामाग्री र एन–९५ माक्स विहान मन्त्री राईकै निवासबाट बितरण गरीएको हो ।

कोभिड १९ का कारण लामो भएको लकडाउनका कारण रोजगारी गुमाएका, समयमा तलब नपाएका तथा समस्यामा परेका पत्रकार महिलालाई लक्षित गरी राहत सामाग्री वितरण गरीएको अध्यक्ष केसीले जानकारी दिईन ।


‘हामीले केहि समय अघि कोठा भाडा गरी बस्ने पत्रकार महिलाहरुको समस्याहरुका बारेमा बुझेका थियौं । कोठा भाडा र खाद्यान्नको समस्या थाहा पाएपछि पूर्वमन्त्री राईलाइ फोन मार्फत सहयोग अनुरोध गर्दा उहाँले अत्यन्तै उत्सुकताका साथ हामीलाई सहयोग गरे पछि राहत वितरण गर्न सकिएको हो’–अध्यक्ष केसीले भनिन ।

आफूहरुलाई परेको समस्याका बेला पाएको खाद्यान्न सामाग्रीले धेरै राहत पुग्ने राहत पाएका पत्रकार महिलाहरुको भनाई छ । आफूहरुको अप्ठ्यारो परिस्थितिमा क्रियाशिल पत्रकार महिला बाँकेले समन्वयन गरी प्राप्त गरेको सहयोग प्रति ‘डब्लुडब्लुजे’ बाँके र पूर्वमन्त्री राईलाइ धन्यवाद समेत दिएका छन् ।

राहत सामाग्री अध्यक्ष केसी र पुर्वमन्त्री राईका कान्छा भाई कामरान राईले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

Next Post

डुडुवाको सातौं गाउसभा सम्पन्न

११ असार २०७७, बिहीबार १४:५९
सदरलाइनडटकम, डुडुवा (बाँके)  : बाँके डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०७७/०७८को लागि आफ्नो नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको सातौ गाउँसभाले दुई वटा विधियेक, ३६ बुंदे नीति तथा कार्यक्रम र करिब साढे ५६ करोड बढीको बजेट सार्वजनिक गरेको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले कोभिड–१९ को […]