काँग्रेसबाट स्थानीयतहमा निर्वाचित बाँकेका जनप्रतिनिधि र सञ्चारकर्मीबीच अन्तरक्रिया

सदरलाइन संवाददाता ९ फाल्गुन २०८१, शुक्रबार १८:२९
 

नेपालगञ्जः  बाँकेका विभिन्न स्थानीय तहमा नेपाली तर्फबाट बिजय भएका प्रमुख, उपप्रमुखहरु र बाँकेका सञ्चारकर्मी बीच अन्तरक्रिया गरिएको छ । नेपाली काँग्रेस बाँकेको आयोजनामा सो कार्यक्रम भएको हो ।

नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले राम्रो काम गर्ने स्थानीयका प्रमुख उपप्रमुख भबिष्यमा सम्मान गर्ने बताउदै स्थानीय निकायहरूले गरेका कामहरू पत्रकार माझ ल्याउने उदेश्य साथ यो पत्रकार भेटघाट कार्यक्रम गरेको बताए ।

कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख पुर्णप्रसाद आचार्यले कोहलपुर क्षेत्रलाई गुणस्तरी शिक्षालाई मुलमन्त्र साथ शैक्षिक गुणस्तर सुधामा बिगतको परीक्षा प्रणाली क्रमभंग नै गरिएको बताए । उनले कोहलपुरलाई पर्यटनको हब बनाउन कोहलपुरको पिपरीमा जैबिक पार्क निर्माणका लागि १३ करोडको लागतमा गुरूयोजना तयार पारेको जानकारी दिए ।

उनले कोहलपुरका प्रत्येक वडामा सडकको पहुचका लागि ५ किलोमिटर कालोपत्रे, २० किलोमिटर ग्राबेल निर्माण गरिनुका साथै ७ किलोमिटर पक्की नाला, १५ किलो मिटर कच्ची नाला निर्माण गरिएको बताए ।

कोहलपुर नगरपालिका उपमेयर संगिता पौडेलले कोहलपुर नगरपालिकाले कोहलपुरको समाजिक, आर्थिक र संस्कृतिको बिकाश गर्ने गुरूयोजना अनुसार काम गदै आएको जानकारी दिईन ।


कार्यक्रममा डुडुवा गाउपालिका अध्यक्ष नरेन्द्र चौधरीले नेपाल कै सबै भन्दा ठुलो दुुग्घ उत्पादन हुने गाउँपालिका बनाउने योजनाका साथ काम गरिरहेको बताउदै २०७६ साउन १ गतदेखि कन्या शिक्षा मुद्दती योजना लागू गरेको बताए ।

उनले डुडुवामा छोरी जन्मिने वित्तिकै उनको नाममा पालिकाले बैंकमा १० हजार रुपैयाँ जम्मा गरिदिने र जुन रकम एसईई गरि सकेपछि २० बर्षपछि मात्र निकाल्न पाइने व्यवस्था मिलाईएको छ , त्यसमा बालिकाको अभिभावकको मृत्यु भएमा ५ लाखको शैक्षिक बीमा पनि पालिकाले गरिदिएको चोधरीले बताए । उच्च शिक्षामा प्रेरित गर्ने उद्देश्यले प्रत्येक बर्ष एसईई उत्तीर्ण छात्राहरुलाई डुडुवाले साइकल समेत उपलब्ध गराउँदै आएको बताए ।

सोहि कार्यक्रम बैजनाथ गाउपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले बैजनाथ गाउपालिकाले नेपालको कुनै पनि पालिकामा नभएको कार्यक्रम किसानसंग पालिका कार्यक्रम संचालन गरि किसानहरूको समाजिक, आर्थिक र सास्कृतिक बिकश गर्ने काम गरेको बताउदै पत्रकारहरूले स्थानीय निकायहरूको खोजमुलक समाचार तयार पारि प्रकाशन गरे स्थानीय निकायहरू सचेत हुने बताए ।

पत्रकार भेटघाट कार्यक्रममा राप्ती सोनारी गाउपालिका अध्यक्ष तप्त पौडेलले गाउपालिका समग्रह आमनागरिकको बिकाशका लागि पालिकाले स्वास्थ, शिक्षा, खेलकुद, कृषि पशुपालन, महिला र बालबालिका, सडक पुर्वाधार तथा बिजुली बतीलाई प्राथमिकता साथका काम गरिरहेको बताए ।

सोही कार्यक्रममा खजुरा गाउपालिका उपप्रमुख मन्जु मल्लले निर्वाचनमा जनतालाई दिएको बाचा अनुसार काम गरेको बताईन । पत्रकार भेटघाट कार्यक्रम बाँके जिल्लाका करिव ३ दर्जन पत्रकारहरूको सहभागी रहेको थियो । फोटो मार्गरेखा अनलाइनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्मचारी युनियन नरैनापुरद्वारा जिल्लाका नवनिर्वाचित पदाधिकारीलाई सम्मान

९ फाल्गुन २०८१, शुक्रबार १८:२९
नरैनापुर (बाँके) : नेपाल निजामती कर्मचारी युनियन नरैनापुर गाउँपालिका स्थानीय कार्यसमितिको आयोजनामा हालै सम्पन्न युनियनको बाँके जिल्ला कार्यसमितिलाई नरैनापुरमा स्वागत सम्मान गरिएको छ । नेपाल निजामती कर्मचारी युनियन नरैनापुर गाउँपालिकाका अध्यक्ष तथा केन्द्रिय महाधिवेशन प्रतिनिधि भरत महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस बाँकेका सभापति नारायण गौडेल, विशिष्ठ अतिथि […]

ताजा अपडेट