अर्थसमृद्धि त्रैमासिक पत्रिकासंगै क्यालेण्डर प्रकाशन

११ श्रावण २०७७, आईतवार १८:१२
 

सदरलाइनडटकम,
नेपालगञ्ज :नेपालगञ्ज उद्योग वाणिज्य संघले विषम परिस्थितिको बीचमा पनि आफ्नो मुखपत्र अर्थसमृद्धि त्रैमासिक पत्रिका र क्यालेण्डर प्रकाशन गरेको छ ।

आईतवार संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षता र नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य एवम् नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् संरक्षक दामोदर आचार्यको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमका बीच पत्रिका र क्यालेण्डर बिमोचन गरिएको हो ।

कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा महासंघका केन्द्रिय सदस्य एवम् संघका पूर्व अध्यक्ष तथा संरक्षक कृष्ण प्रसाद श्रेष्ठ, संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्य, प्रथम उपाध्यक्ष आदेश कुमार अग्रवाल, द्धितिय उपाध्यक्ष अमित कुमार बस्नेत, महासचिव चिरञ्जीवी ओली, प्रवक्ता टंक बहादुर धामी, लगायत पदाधिकारी र कार्यसमिति सदस्य, सल्लाहकार र वस्तुगत संघरसंस्थाका अध्यक्षज्यूहरुको उपस्थिति रहेको थियो ।


संघका प्रवक्ताले धामीले सहभागिलाई स्वागत गर्दै कोरोनोको कारणले क्यालेण्डर तथा त्रैमासिक पत्रिका प्रकाशन गर्न ढिलो भएको कुराको जानकारी दिए । प्रमुख अतिथि आचार्यले आफ्नो मन्तव्यमा विषम प्रस्थितिमा पनि प्रकाशन गरेको क्यालेण्डर र अर्थ समृद्धि त्रैमासिक पत्रिका अति सरहनिय कार्य भएको बताए । उक्त कार्यहरु निरन्तर हुनुपर्नेमा उनले जोड दिए । वर्तमान कार्यसमितिले अभैm धेरै काम गर्न बाँकी रहेको उनले बताए ।

संघका अध्यक्ष मन्सुरीले आफ्नो मन्तव्यमा सम्पूर्ण कार्यसमितिको सहयोगद्धारा आफुहरुको कार्यकाल सफल हुने बिश्वास व्यक्त गरे । यसलाई अभैm सन्र्दभीक र व्यवस्थित रुपमा लैजाने प्रतिवद्धता जाहेर गर्दै संघको साखलाई उच्च बनाउने प्रयासमा दिन, रात लागि रहेको र लाग्ने बताएका छन् ।

Next Post

ट्रकको ठक्करले एक युवतीको मृत्यु

११ श्रावण २०७७, आईतवार १८:१२
सदरलाइनडटकम, कैलाली : ट्रकको ठक्करबाट कैलालीमा एक युवतीको मृत्यु भएको छ । बर्दगोरिया गाउँपालिका–१ बौनिया बजारमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार २६ वर्षीया सन्तोषी बोहोराको मृत्यु भएको बौनिया प्रहरीले जनाएको छ । सोमवार बिहान स्थानीय टिन बजार नजिक ना ६ ख ३३४० नम्बरको ट्रकले से ६प ७१८१ नम्बरको स्कुटरलाई ठक्कर […]