एमाले दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत चयन

सदरलाइन संवाददाता २४ पुष २०७८, शनिबार १३:०९
 

नेपालगञ्ज : नेकपा एमाले दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत चयन भएका छन् । १३ औ जिल्ला अधिबेशनबाट सर्बसम्मत जिल्ला अध्यक्ष चयन गरिएका हुन ।

राति अबेरसम्म चलेको बन्द सत्रले बस्नेतलाई सर्बसम्मत रुपमा अध्यक्ष बनाएको हो । बस्नेत तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का स्थायी बासिन्दा हुन ।


बस्नेत यसअघि पार्टीको जिल्ला उपाध्यक्षको जिम्मेवारीमा थिए । पार्टी बिभाजन हुँदा उनले अध्यक्षको जिम्मेवारीपनि सम्हालेका थिए ।

त्यस्तै उपाध्यक्षमा जिल्ला उपाध्यक्षमा राममणी पाण्डे, सचिब मनोहर बुढाथोकी, उपसचिब कृष्ण भुसाल र हिरा देवी पुन चयन गरिएका छन् । तीन बर्षे कार्यकालका लागि एमाले जिल्ला कमिटी १२१ सदस्यको निर्माण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मासिक गजल गोष्ठी नेपालगञ्जमा सम्पन्न

२४ पुष २०७८, शनिबार १३:०९
नेपालगञ्ज : हरेक महिनाको अन्तिम शनिवार हुने उर्दू साहित्यकारद्वारा मासिक गजल गोष्ठी नेपालगञ्जमा सम्पन्न भएको छ । नेपालगञ्जको महेन्द्र पुस्तकालयमा शनिवार सम्पन्न गुल्जार–ए–अदब बाँकेद्वारा आयोजित गोष्ठीमा उर्दू साहित्यकारहरुले गजल वाचन गरेका थिए । आदिल सर्वर नेपालीको अध्यक्षतामा सम्पन्न भएको गजल गोष्ठी नेपालगञ्जका उर्दू साहित्यकार तथा ईमाम अहमद बिन हम्बल विकास […]