सामुदायिक विद्यालय सुधारका लागि लुम्बिनीमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु

सदरलाइन संवाददाता ९ फाल्गुन २०८१, शुक्रबार १८:१२
 

अर्घाखाँची : सामुदायिक विद्यालयको गुणस्तर सुधारको लागि लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान शुरु गरिने भएको छ । सामाजिक विकास मन्त्रालयले प्रदेशका सबै विद्यालयमा अध्ययनरत पूर्वविद्यार्थीको ज्ञान, सीप र लगानीको सदुपयोग गर्ने उद्देश्यले ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान शुरु गर्न लागेको हो ।

मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार आफूले अध्ययन गरेको अर्घाखाँचीको अर्घा रजस्थल माध्यमिक विद्यालयबाट अभियानको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । एकसाथ १७ वटा विद्यालयबाट अभियानको सुभारम्भ गरिदैछ ।

’सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन यो अभियान आवश्यक परेको हो’ मुख्यमन्त्री आचार्यले भने ‘७१ प्रतिशत बालबालिकाको रोजाइ बन्न सफल सामुदायिक विद्याल प्रति अझै भरोसा र विश्वास बढाउन जरुरी छ ।’


सार्वजनिक बिद्यालको शाख र गरिमालाई कायम गर्न सबै सरोकारवालाको सामुदायिक विद्यालय प्रतिको जवाफदेहीता वृद्दि गर्न प्रदेश सरकारको नीति कार्यक्रममा मेरो विद्यालय मेरो दायित्व सामाजिक अभियान समावेश थियो । सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले प्रदेशभरका सामुदायिक विद्यालयलाई लक्षित गरी यो अभियान सञ्चालन गरिन थाले जानकारी दिए ।

यो अभियानमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने लक्ष्य राखिएको छ । गत वर्ष एसईईको नतिजा कमजोर आएपछि सुधारका लागि थालिएको यो अभियानले विद्यार्थीमा गुणस्तरीय सिकाइ अभिबृद्धि गर्न पूर्वविद्यार्थीको योगदानलाई समेट्ने विश्वास गरिएको छ । आफूले पढेको विद्यालयका बारेमा जानकारी लिन, पूर्व र वर्तमान विद्यार्थीबीच अन्तरक्रिया गरी शैक्षिक अवस्था सुधार्न यो अभियान प्रभावकारी हुने विश्वास लिइएको छ ।

प्रदेशमा ६ हजार तीन सय ४० विद्यालय छन् । जसमध्ये चार हजार पाँचसय ३१ सामुदायिक विद्यालय छन् । यी विद्यालयमा अध्ययनरत १२ लाख ८८ हजार दुई सय ९८ विद्यार्थी मध्ये नौ लाख २५ हजार छ सय २९ जना विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययनरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काँग्रेसबाट स्थानीयतहमा निर्वाचित बाँकेका जनप्रतिनिधि र सञ्चारकर्मीबीच अन्तरक्रिया

९ फाल्गुन २०८१, शुक्रबार १८:१२
नेपालगञ्जः  बाँकेका विभिन्न स्थानीय तहमा नेपाली तर्फबाट बिजय भएका प्रमुख, उपप्रमुखहरु र बाँकेका सञ्चारकर्मी बीच अन्तरक्रिया गरिएको छ । नेपाली काँग्रेस बाँकेको आयोजनामा सो कार्यक्रम भएको हो । नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले राम्रो काम गर्ने स्थानीयका प्रमुख उपप्रमुख भबिष्यमा सम्मान गर्ने बताउदै स्थानीय निकायहरूले गरेका कामहरू पत्रकार माझ […]

सम्बन्धित

ताजा अपडेट