निर्मलाको न्यायका निम्ति दिउँसै टर्च बालेर प्रदर्शन

१९ मंसिर २०७५, बुधबार १५:०५
 

सदरलाइनडटकम,
कञ्चनपुर : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको न्यायका निम्तिी दबाब दिँदै आएको नागरिक संघर्ष समितिले न्याय हराएको भन्दै टर्च बालेर सांकेतिक प्रदर्शन गरेको छ ।
घटनाको चार महिना बितिसक्दासमेत वास्तविक दोषी पत्ता नलागेपछि सरकारलाई दबाब दिन दोहोरो आन्दोलन थालेको संघर्ष समितिले बुधवार हराएको न्याय खोज्न भन्दै टर्च बालेर सांकेतिक प्रदर्शन गरेको हो ।
अधिकारकर्मीसहितको संघर्ष समितिले बुधवार जिल्ला प्रशासनको हाताभित्र नाराजुलुश गर्दै टर्च बालेर सांकेतिक प्रदर्शन गरेका हुन् । उनीहरुले देशमा न्याय हराएको भन्दै आफूहरुले टर्च बालेर न्याय जोख्ने प्रयास गरेको बताएका छन् ।
यसअघि, नागरिक संघर्ष समितिले सोमवार र मंगलवार ११ देखि ४ बजेसम्म जिल्ला प्रशासन कार्यालयको गेटमा कालो पट्टी बाधेर विरोध प्रदर्शन गरेका थिए । उनीहरुले निर्मला जस्ता छोरीको सुरक्षाको ग्यारेन्टी गर्न सरकारसँग माग गरेका छन् । संघर्ष समितिले दबाबमूलक आन्दोलनसँगै पीडित परिवारले शुरु गरेको अनिश्चितकालीन धर्नामा पनि ऐक्यबद्धता जनाउदै आएको छ ।

Next Post

ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

१९ मंसिर २०७५, बुधबार १५:०५
सदरलाइनडटकम, बर्दिया : लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) तस्करी गर्ने एक जना भारतीय नागरिकलाई बर्दिया प्रहरीले पक्राउ गरेको छ । नेपाल भारत सीमाना निसानगाढा नजिकै मधुवन नगरपालिका ७ बाट भारतको उत्तरप्रदेश, जिल्ला बहराइच थाना मोतिपुर, मिहिपुरवा गाउँका २५ वर्षीय बिमलेशकुमार हरिजनलाई ३० ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका […]

ताजा अपडेट