उदयपुर स्वास्थ्य चौकी नेपालगञ्जकै उत्कृष्ट

सदरलाइन संवाददाता २० असार २०७९, सोमबार १३:५९
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–१३ स्थित उदयपुर स्वास्थ्य चौकी न्यूनतम सेवा मापदण्डमा नेपालगञ्जकै उत्कृष्ट घोषित भएको छ ।

समग्र सुशासन, क्लिनिक तथा अन्य सेवाको व्यवस्थापनमा उदयपुर अब्बल देखिएको छ । उदयपुरले न्यूनतम सेवा मापदण्डमा ८७ प्रतिशत अंक हासिल गरेर उत्कृष्ट बनेको हो ।


त्यस्तै पुरैनी स्वास्थ्य चौकी ८६ प्रतिशत अंक हासिल गर्दै दोस्रो भएको छ । यस्तै खासकारकाँदो स्वास्थ्य चौकीले ८४ प्रतिशत अंक प्राप्त गरेको छ भने जयसपुर र भवनीयापुर स्वास्थ्य चौकीले ८१÷८१ प्रतिशत अंक प्राप्त गरेका छन् ।

न्यूनतम सेवा सुधारका निम्ति सबै वडाका व्यवस्थापन समितिले सुधारका लागि सकारात्मक सुझाव तथा योजना बनाएको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा सोमवारदेखि बुस्टर डोज खोप लगाउन शुरु

२० असार २०७९, सोमबार १३:५९
नेपालगञ्ज : बाँकेमा सोमवारदेखि कोरोना विरुद्धको खोपको दोस्रो डोज र बुष्टर डोज लगाउन शुरु गरिएको छ । १८ वर्षमाथिका नागरिकलाई लक्षित गरेर दुई चरणमा कोरोना विरुद्धको खोप लगाउन शुरु गरिएको हो । पहिलो चरणमा सोमवारदेखि बुधवारसम्म नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा खोप लगाइने स्वास्थ्य कार्यालय बाँकेका […]

सम्बन्धित