लुम्बिनी प्रदेशद्वारा बाँकेलगायतका चार जिल्लामा सडक स्वास्थ्य सहायता कक्ष सञ्चालनमा ल्याउदै

रुद्र सुवेदी १२ जेष्ठ २०८१, शनिबार १९:२९
 

नेपालगञ्ज :  बाँकेमा सडक दुर्घटना न्युनिकरणका लागि सडक स्वास्थ्य सहायता कक्ष सञ्चालनमा ल्याउने तयारी गरिएको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोग जिल्ला स्वास्थ्य कार्यालय बाँके र जिल्ला ट्राफिक कार्यालय बाँकेको समन्वयमा बाँकेको राप्तीसोनारी गाउँपालिका र बैजनाथ गाउँपालिकामा सडक स्वास्थ्य सहायता कक्ष सञ्चालनमा ल्याईने भएको हो ।

बाँकेमा सडक दुर्घटना न्यूनिकरण गर्नको लागि लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोग जिल्ला स्वास्थ्य कार्यालय बाँके र जिल्ला ट्राफिक कार्यालय बाँकेको समन्वयमा बाँकेको राप्तीसोनारी गाउँपालिका र बैजनाथ गाउँपालिकामा सडक स्वास्थ्य सहायता कक्ष सञ्चालनमा ल्याईने जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिए ।

स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्शन नरेशबाबु श्रेष्ठले सडक दुर्घटना न्यूनिकरण गरी दुर्घटनाबाट हुने मानविय क्षति घटाउने र घाइतेको उपचारको प्रबन्ध मिलाउन ट्राफिक कार्यालय बाँकेसंगको सहकार्यमा कार्यक्रम सञ्चालनमा ल्याउन तयारी गरिएको बताए ।

लुम्बिनी प्रदेशमा सबैभन्दा बढी सडक दुर्घटना हुने चार जिल्ला बाँके दाङ्ग, रुपन्देही र पाल्पामा यो कार्यक्रम लागू भएको उनले जानकारी दिए । उनले कार्यक्रमको माडालिटी सचेतनामुलक कार्य गर्ने चालक सहचालकको स्वास्थ्य परिक्षण लगायतका कार्यगरी सडक दुर्घटनाबाट हुने मृत्यु, घाइते, अंगभंग हुने कार्य न्यूनिकरण गर्ने रहेको बताए ।

राप्ती सोनारी गाउपालिका स्वास्थ्य शाखा प्रमुख देबेन्द्र कुमार केसीले राप्तीसोनारीका बढी दुर्घटना ग्रस्थ क्षेत्रको पहिचान गरी दुर्घटना न्यूनिकरण गर्न सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने बताए । उनले राप्तीसोनारीमा हुलाकी सडकको कारण पछिल्लो समय सडक दुर्घटना अधिक बढेको बताए ।


जिल्ला ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरिक्षक गोपिकृष्ण सुवेदीले बाँकेमा सडक दुर्घटना न्यूनिकरण गर्नको लागि लुम्बिनी प्रदेस सरकारले सुरु गरेको सडक सहायता कार्यक्रम फलदायी हुने दाबी गरे ।

उनले सडक सुरक्षाको लागि सबैभन्दा बढी गम्भीर लामो दुरीका तथा छोटो दुरीका चालक सहचालकको स्वास्थ्य अवस्था कस्तो छ त्यसमा भरपर्ने बताए ।

‘अधिकांश चालक सहचालकको आकस्मिक स्वास्थ्य परिक्षण गर्दा आँखाको हेर्ने शक्ति, उच्च रक्तचाप जस्ता समस्या भएको पाईएको छ । चालक नै अस्वस्थ्य भएपछि सडक कसरी सुरक्षित हुन्छ ?’– उनको प्रश्न थियो ।

चालु आर्थिक वर्षको बैशाखको अन्त्यसम्म बाँकेमा भएका १ सय ३३ वटा सडक दुर्घटनाको घटनामा परेर ६० जनाले ज्यान गुमाएका छन । १ सय ८३ घाइते भएका छन् ।सडक दुर्घटनामै परेर ६ चौपायको मृत्यु भएको छ भने २ घाइते भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनीमा टिमुर सम्मेलन : प्रदेशको नीति तथा कार्यक्रममा टिमुरलाई जोड्ने प्रतिबद्धता 

१२ जेष्ठ २०८१, शनिबार १९:२९
दाङ, : दाङको लमहीमा एकदिने टिमुर सम्मेलन सम्पन्न भएको छ । लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था र वन तथा वातावरण मन्त्रालयको संयुक्त आयोजनामा टिमुर सम्मेलन भएको हो । सम्मेलनको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले टिमुरलाई वैज्ञानीकरण गरेर जनताको जीवनस्तर बदल्न सकिने बताए । ‘हामी अरुले गरेको विकासको […]