अज्ञात समूहले वीरेन्द्रनगरमा दुई वटा गाडी जलाए

सदरलाइन संवाददाता २४ बैशाख २०७९, शनिबार १४:५१
 

सुर्खेत : स्थानीय तहको चुनाव नजिकिदै जाँदा शुक्रबार राति वीरेन्द्रनगरमा दुई वटा गाडीमा अज्ञात समूहले आगजनी गरेका छन्। चुनाव प्रचारका लागि प्रयोग गरिएको दुई गाडीमा अज्ञात समूहले आगजनी गरेका हुन्।

सुर्खेतको वीरेन्द्रनगरको मुख्य भाग मंगलगढी चौक छेउमै शुक्रवार राती १२: ३० बजे अज्ञात समूहले स्कार्पियो जिप र एसएमएल गाडीमा आगजनी गरेको प्रहरीले जनाएको छ। पार्किङमा राखिएका दुई गाडीलाई आगजनीमा परेका हुन्। आगजनी बा१४ ६८३१ नम्वरको स्कर्पियो र ०२–००१ ख ००६१ नम्वरको एसएमएल (मिनिबस) मा गरिएको थियो। मंगलगढी चौकमा रहेका प्रहरीहरु तत्काल पुगेपनि आगजनी गर्ने ब्यक्तिहरु पक्राउ गर्न सकेन्।


स्थानीयका अनुसार आगजनी गर्नेहरु आगजनी गरे लगत्तै भागेका थिए। मंगलगढी चौक मुख्य बजार भएकाले सिसि क्यामराबाट आगजनी गर्ने ब्यक्ति पक्राउ गर्न सहज हुने स्थानीयको भनाई छ।

आगजनीमा गाडीको पछाडिको टायर जलेको छ। गाडीमा लागेको आगोलाई स्थानीय बासिन्दा र नगर प्रहरीको सहायताले नियन्त्रणमा लिईएको थियो। सुर्खेत प्रहरीले घटनाबारे छानबिन भइरहेको प्रतिक्रिया दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कैलालीमा निर्वाचन गराउन झण्डै चार हजार कर्मचारी खटिँदै

२४ बैशाख २०७९, शनिबार १४:५१
कैलाली : आसन्न स्थानीय तहको निर्वाचन गराउने प्रयोजनका लागि कैलाली जिल्लाका सबै १३ पालिका तहमा चार हजारभन्दा बढी कर्मचारी खटाउन लागिएको छ। आवश्यक निर्वाचन सामग्रीसहित जिल्लाका सबै २३६ मतदानस्थलका ६१९ मतदान केन्द्रका लागि मतदान अधिकृत र त्यत्तिकै सङ्ख्यामा सहायक मतदान अधिकृत खटाउन लागिएको छ। ५०० मतदाता भएको केन्द्रमा एक सहायक कर्मचारी […]