पत्रकारिता पेशालाई मर्यादित बनाउनु पर्नेमा जोड

सदरलाइन संवाददाता १९ असार २०७९, आईतवार १६:३०
 

नेपालगञ्ज : पत्रकारिता पेशालाई मर्यादित र अनुशासित बनाउन आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको आयोजना तथा लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको सहयोगमा बाँकेको कोहलपुरमा आइतवार सम्पन्न मिडिया साक्षरता अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।

पत्रकारिता समाज रुपान्तरणको महत्वपूर्ण माध्यम भएपनि पछिल्लो समय पत्रकारिता पेशा अनुशासित र मर्यादित हुन नसकेमा उनीहरुको चिन्ता थियो । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले पत्रकारिता निष्पक्ष र मर्यादित हुनुपर्ने बताए ।


पत्रकार महासंघ लुम्बिनी प्रदेशका कार्यबाहक अध्यक्ष शुक्रऋषि चौलागाइको सभापतित्वमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुवेदी, बाँके राष्ट्रिय निकुञ्जका प्रमुख श्यामकुमार साह, काँग्रेस बाँकेका उपसभापित कृष्ण कार्की, कोहलपुरका डिएसपी ऐनबहादुर मल्ल, पत्रकार महासंघ बाँकेका कार्यबाहक अध्यक्ष करुणा शाह, प्रेस युनियनका अध्यक्ष अर्जुन वली, प्रेस सेन्टरका अध्यक्ष डक्ट धिताल लगायतले बोलेका थिए ।

बाँके र बर्दियाका पत्रकारहरुलाई क्षमता अभिबृद्धि कार्यक्रमको आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्पष्टिकरण सोध्ने निर्णयप्रति काँग्रेस बाँकेका सहसचिव थारुको आपत्ती

१९ असार २०७९, आईतवार १६:३०
नेपालगञ्ज : नेपाली काँग्रेस बाँकेका जिल्ला सहसचिव विनोद थारुले पार्टीले आफुलाई स्पष्टिकरण सोध्ने निर्णयप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै काँग्रेस बाँकेले थारुलाई सय बढी स्थानीय तथा जिल्ला नेताहरुलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । त्यो लिष्टमा सहसचिव थारुको […]